अटोमेकानिक्स श्रमिक संघको अध्यक्षमा कुमार घतानी

अटोमेकानिक्स श्रमिक संघको अध्यक्षमा कुमार घतानी

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी अटोमेकानिक्स श्रमिक मजदुर संघको केन्द्रीय अध्यक्षमा कुमार घतानी निर्वाचित भएका छन् । काठमाडौंको तीनकुनेमा शनिबार भएको संघको राष्ट्रिय सम्मेलनले घतानीको नेतृत्वमा २१ सदस्सीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

निर्वाचित हुनेहरुमा बरिष्ठ उपाध्यक्ष बैकुण्ठ घिमिरे, उपाध्यक्ष सुन्दर श्रेष्ठ, महासचिव रमेश बोहरा, सचिव रत्न तन्डुकार, कोषाध्यक्ष नवराज दाहाल र सदस्यहरुमा गोविन्द दाहाल, दिनेश लामा, लालबहादुर तामाङ, नारायण अधिकारी, रोशन खड्का, प्रमित भट्टराई, अच्युत खत्री, ज्ञानबहादुर लामा, नगेन्द्र चौधरी, गजबहादुर केसीलगायत रहेका छन् ।

सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’, पार्टीका सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मा, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, अखिल नेपाल क्रान्तिकारी सेक्युरिटी संघका अध्यक्ष ठमानसिंह तामाङलगायत नेताहरुको उपस्थिति रहेको थियो ।