काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले मोर्चाको अध्यक्षमा पुनः पवनमान श्रेष्ठ र महासचिवमा सुरेश श्रेष्ठलाई निर्वाचित गरेको छ । दुई दिनसम्म चलेको मोर्चाको शनिबार सम्पन्न राष्ट्रिय भेलाले मोर्चाका उपाध्यक्षहरुमा क्रमशः मानध्वज श्रेष्ठ (पाल्पा), गोर्की श्रेष्ठ (काठमाडौं), गणेश खड्गी (रामेछाप), मनोज श्रेष्ठ (सुनसरी)लाई निर्वाचित गरेको छ ।
भेलाले सचिवमा राजेन्द्र रंजित (काठमाडौं) र सचिर महर्जन (काठमाडौं)लाई चुनेको छ भने कोषाध्यक्षमा श्रीकृष्ण सुलु (भक्तपुर) र हरि श्रेष्ठ (धनकुटा)लाई सहकोषाध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी भेलाले सदस्यहरुमा क्रमशः सुदिप श्रेष्ठ (पर्सा), सुन्दर श्रेष्ठ (तनहुँ), भूमिनारायण मल्ल (गोरखा), सौरव कायस्थ (काभ्र), साजन श्रेष्ठ (सेम), शुशिला महर्जन, प्रविण देउला, बुद्धिबहादुर शाही, राजु पुटुवार, सपना राजथला, महन्त मल्ल, किरण नगरकोटी, सानु महर्जन, उमीरमैया रञ्जित, नमस्ते सायमी, बोधराज श्रेष्ठ, रत्न महर्जन, गोकुल श्रेष्ठ, भागवत प्रधान, उमेश श्रेष्ठ, जगदिश महर्जन, मुकेश श्रेष्ठ, शंखलाल मगजु, राजु लोहला, प्रवीण त्वान्जु, अमीर ताम्राकार, गोपालदास श्रेष्ठलगायतलाई चयन गरेको छ । मोर्चाले ५१ सदस्यीय केन्द्रीय समितिको निर्माण गरेको छ ।
भेला लगत्तै बसेको बैठकले असोजमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै सम्मेलनलाई लक्षित गरी पहिलो चरणमा संगठन विस्तार र संघर्षका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।





























