काठमाडौं । पूर्वउप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसबाट खसेर घाइते भएका छन् । मैतीदेवीको कोठाबाट पार्टी कार्यालय चावहिल जाने क्रममा चावहिल चोक नजिकै केसी माइक्रोबसबाट खसेका थिए ।
सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका केसीको अवस्था चिन्तामुक्त रहेको छ । केसीको ढाड र टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । तीब्र गतिमा रहेको माइक्रोबस घुम्तीमा मोडिँदा केसी माइक्रोबाट खस्न पुगेका थिए ।
यसैबीच,उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बुधबार साँझ केएमसी अस्पतालमा गई केसीको अस्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । भेटमा गृहमन्त्री निधिले उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका थिए ।