शशांकको नवलपरासी क्षेत्रको देउवाले गरे विरोध

शशांकको नवलपरासी क्षेत्रको देउवाले गरे विरोध

Sher Bahadur Deubaकाठमाडौं । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको नवलपरासीस्थित निर्वाचन क्षेत्र जोड्ने गरी गरेको सीमांकन हेरफेरको प्रस्तावमा काँग्रेस सभापति शेरबहादुर देउवा नै असन्तुष्ट देखिएका छन् ।

सीमांकन हेरफेरको नयाँ प्रस्तावमा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु हटाएर नवलपरासीदेखि बर्दियासम्म बनाउने उल्लेख गरिएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहितको सहभागितामा ल्याइएको प्रस्तावको सभापति देउवाले विरोध गरेका हुन् ।

बुधबार बालुवाटार बैठकमा देउवाले सिंगो नवलपरासीलाई प्रदेश नम्बर ५ मा राख्न नसकिने बताएका छन् ।

नवलपरासीको विषयलाई लिएर देउवा र निधिकै असहमति देखिएपछि नयाँ सीमांकनको प्रस्ताव अघि बढ्नेमा अन्यौलता देखिएको छ ।

त्यसैगरी बैठकमा नेता कृष्ण सिटौलाल समेत नवलपरासी जोड्न नहुने बताएका थिए । काँग्रेस नेताको यस्तो प्रस्तावपछि मधेसी मोर्चाका नेताहरुले विवादित रहको भनिएका झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरबारे पनि छलफल गर्न माग गरेका थिए ।