माओवादी केन्द्रका नेता भक्तिप्रसाद पाण्डेको निधन

माओवादी केन्द्रका नेता भक्तिप्रसाद पाण्डेको निधन

bhakti-pandeyकाठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको ६२ वर्षको उमेरमा निधन भएको छ ।

एकवर्षदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचारका क्रममा सोमबार विहान निधन भएको हो ।

पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने सो पार्टीले जनाएको छ ।

पुष्पलाल समूह, नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल छोडेर दीनानाथ शर्माको नेतृत्वमा विद्रोह गरी तत्कालीन नेकपा (माओवादी) मा प्रवेश गरेका थिए ।

उनको छोरा विश्वदिप पाण्डे नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईका स्वकीय सचिव रहेका छन् । पाण्डका एक छोरा, एक छोरी र श्रीमती छन् ।