संघीय गठवन्धनले दाहाललाई दियो १५ दिने म्याद

संघीय गठवन्धनले दाहाललाई दियो १५ दिने म्याद

prachanda-fकाठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठवन्धनले आफ्नो सहमतिमा मात्रै संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने भन्दै सरकारलाई थप १५ दिनको समय दिएको छ ।

सोमबार सिंहदरबारमा पुगेर उपेन्द्र यादव नेतृत्वको गठवन्धनले प्रधानमन्त्री दाहाललाई स्मरणपत्र बुझाएको हो ।

स्मरण पत्र बुझाउँदै यादवले कात्तिक मसान्त भनेको ठाउँमा १५ दिन थप समय लिएर भएपनि आफूहरुको सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने बताए ।

यादवले सीमांकनको विषय अहिले नै टुंग्याउनु पर्ने भन्दै आयोग गठनको प्रस्ताव मान्य नहुने बताए ।

जवाफमा दाहालले आफू केही दिनमा नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको जानकारी गराएका थिए । उनले सबैलाई सहमति गराएर मात्रै संविधान संशोधन गर्ने कुरा सम्भव नहुने उल्लेख गर्दै मोर्चाको भावना समेटिने गरी संविधान संशोधन प्रस्ताव ल्याउने बताए ।