रौतहटमा डाँका र प्रहरीबीच भिडन्त, एकको मृत्यु

रौतहटमा डाँका र प्रहरीबीच भिडन्त, एकको मृत्यु

murder_by_gun-goliकाठमाडौं । रौतहटको देवाहीमा डाँका समूह र प्रहरीबीच भएको भिडन्तमा १ जनाको मृत्यु भएको छ ।

गाँउमा हतियारधारी समूह पसेको सूचना पाएपछि अञ्चल प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली र डाँका समूहबीच देवाही ८ मा भिडन्त भएको हो ।

प्रहरीलाई देखेपछि चार जनाको समूहमा रहेको डाँका समूहले गोली चलाएको थियो । त्यसपछि भएको दोहोरो झडपमा डाँकातर्फ एक जनाको मृत्यु भएको हो भने प्रहरीतर्फ पनि प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका छन् ।

प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका अन्दाजी ३० वर्षीय पुरुषको सनाखत हुन सकेको छैन । उनलाई टाउकोमा गोली लागेको छ ।

प्रहरीले घटनास्थलबाट तीन थान हतियार र गोलीहरु बरामद गरेको छ । घटनास्थलबाट इन्सास राइफल एक थान, मेड इन इटाली लेखिएको पेस्तोल र त्यसको म्याग्जिन तथा एक थान कटुवा पेस्तोल बरामद गरेको रौतहट प्रहरीले जनाएको छ ।

घटनास्थलबाट बरामद भएको इन्सास राइफल नेपालमा नेपाली सेनाले मात्रै प्रयोग गर्छ भने भारतमा सीमा सुरक्षा बल एसएसबी लगायतले प्रयोग गर्दछन । प्रहरीले ईन्सास राइफलमा प्रयोग हुने १५ थान गोलीसमेत बरामद गरेको छ ।