पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागतार्थ पोखरामा निर्माण गरिएको स्वागत तोडफोड भएको छ ।
शुक्रबार मुखर्जी पोखरा जाने कार्यक्रम रहेको छ । सोही प्रयोजनका लागि बनाइएको गेट अज्ञात समूहले तोडफोड गरेको हो ।
शुक्रबार हुने राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणका क्रममा स्वागतका लागि इन्द्रचोक नजिकै बनाइएको स्वागत गेट तोडफोड गरिएको हो । स्वागत छ पोखरामा भनेर लेखिएको फ्लेक्स र राष्ट्रपति मुखर्जीको फोटो पनि च्यातिएको छ ।
यसैबीच, सो स्थानमा च्यातिएको फ्लेक्स निकालेर नयाँ फ्लेक्स लगाइएको छ । फ्लेक्स च्यातिएको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले तुरुन्तै नयाँ फ्लेक्स लगाएको हो । तर कसले च्यातेको हो भन्ने बारेमा केही खुलेको छैन ।