संविधान संशोधन गरेर निर्वाचनमा जानुकाे विकल्प छैन : दाहाल

संविधान संशोधन गरेर निर्वाचनमा जानुकाे विकल्प छैन : दाहाल

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् ।

न्हुदँ समारोह समितिद्वारा आज यहाँ नेपाल संवत् ११३७ को अवसरमा आयोजित सांस्कृतिक ¥यालीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधन र निर्वाचनका लागि सबै राजनीतिक दल एक हुनु जरुरी रहेको बताए ।

खासगरी विनाशकारी भूकम्पपछि जसरी नेपालका राजनीतिक दल एकताबद्ध भएका थिए, त्यसैगरी अघि बढ्नुको विकल्प नभएको समेत उनको जोड थियो ।

उनले मधेस, थारु, आदिवासी जनजातिले उठाउँदै आएको जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरेर निर्वाचन गरिनुपर्ने औँल्याए । संविधान संशोधनका लागि राजनीतिक दलहरुबीच सहमति नजिक पुगेको उनको भनाइ थियो । नेपाल संवतलाई अन्तर्राष्ट्रिय रुपमा रहेको इस्वी संवत्सँग तालमेल हुनेगरी स्थापित गराउन जरुरी रहेको पनि प्रधानमन्त्रीको जोड थियो ।