२७ असोज, नवलपरासी । नवलपरासीको लोकाहा पुल ओरालोमा गएराति बस र कार ठोक्किदा एकको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार पोखराबाट नेपालगन्ज जाँदै गरेको ना ४ ख ७७९९ नंको बस र बा १३ च १६१७ नंको कार एकआपसमा ठोक्किदा कारमा सवार नवलपरासी प्रसौनी–२ का ४० वर्षीया नारायणी अधिकारीको मृत्यु भएको हो ।
उनको मुख र टाउकामा गम्भीर चोट लागेकोमा उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
घाइते हुनेमा प्रसौनी–२ का ४५ वर्षीय हडी अधिकारी, पाल्पा मदनपोखरा–६ की ३६ वर्षीया मीरा क्षेत्री, पाल्पा मदनपोखराकै कार चालक ३५ वर्षीय नारायण बस्याल र बसमा सवार मुगुकी सरस्वती चापागाईं रहेका छन् । घाइतेहरु उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।