काठमाडौं । भारतको चारदिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदै छन् ।
नेपाल फर्कनुअघि प्रधानमन्त्री दाहालले भारतीय योग गुरु रामदेवको पतन्जली योग पीठको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री योगपिठको भ्रमण पछि उनी सिधै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई भारत सरकारले राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरेको थियो ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणम मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंह, गृहमनत्री राजनाथ सिंह, परराष्ट्रमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेटवार्ता गरेका थिए ।
भ्रमणका क्रममा भारतसँग हुलाकी राजमार्ग तथा भूकम्पपछिको पुननिर्माणमा भारतीय अनुदानको सहयोगलगायत तीन बुँदे सम्झौता भएको छ ।