काठमाडौं । परराष्ट्र मन्त्रालयले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगित नभएको जनाएको छ ।
बुधबार विभिन्न सञ्चारमाध्यममा चिनियाँ राष्ट्रपतिले अर्को महिना गर्ने भनेको भ्रमण स्थगित भएको समाचार प्रकशन भएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै त्यसमा कुनै सत्यता नभएको जनाएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्वदेशी तथा विदेशी सन्चारमाध्यममा परराष्ट्र मन्त्रालयका सचिव एवं नेपाल सरकारका उच्च अधिकारीलाई चिनियाँ राजदूतले भ्रमण स्थगित भएको जानकारी दिएको भनी प्रकाशित समाचारमा कुनै सत्यता नभएको जनाएको हो ।
विज्ञप्तिमा भनिएका छ, ‘चिनियाँ उच्च अधिकारीको भ्रमण सम्बन्धमा नेपाल सरकारले आवश्यक तयारी नगरेको भन्ने समाचारमासमेत कुनै सत्यता छैन ।’
चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी महिना नेपाल भ्रमणको तयारी गरिरहेका बेला भ्रमण स्थगित भएको खबरले भ्रमणबारे अन्योलता थपेको थियो ।