एजेन्सी । अफगानिस्तानमा एक यात्रुवाहक बस र इन्धन बोकेको ट्यांकर ठोक्किएर भएको दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।
दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तबाट राजधानी काबुल आउँदै गरेको बस जाबुल प्रान्तमा ट्यांकरसँग ठक्कर खान पुग्दा सो दुर्घटना भएको हो ।
मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । दुर्घटनामा घाइते भएका २५ जनामध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानमा बर्सेनि हुने यसप्रकारका दुर्घटनामा सयौंले ज्यान गुमाउने गरेका छन् । घाइतेहरूलाई उपचारका लागि जाबुल प्रान्तको राजधानी कलात र कान्दाहल प्रान्तमा लगिएको छ ।