बैद्यले गरे क्रान्तिकारी युवा लिगको राष्ट्रिय भेला उद्घाटन

बैद्यले गरे क्रान्तिकारी युवा लिगको राष्ट्रिय भेला उद्घाटन

web

“सबैखाले संशोधनवादी तथा नवसंशोधनवादी प्रवृत्तिको भण्डाफोर गरौं, क्रान्तिकारी युवा लिगको दोस्रो राष्ट्रिय भेला भव्यरुपमा सफल पारौं” भन्ने नाराका साथ सुरु भएको क्रान्तिकारी युवा लिगको दोस्रो राष्ट्रिय भेलाको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य‘किरण’ले गरे ।

bhela 4
पार्टीबाट दक्षिणपन्थी अवसरवादीहरु बादलगुट सँगै पार्टी र क्रान्तिबाट पलायन भएपछि युवाहरुलाई देशभरिबाट जम्मा गरेर गरिएको यो राष्ट्रिय भेलालाई महत्वका साथ हेरिएको छ । क्रान्तिका तीन जादुगरी हतियारको निर्माण गर्ने र नयाँ जनवादी व्यवस्था स्थापनाका लागि सशस्त्र संघर्ष गर्ने भन्दै आएको क्रान्तिकारी माओवादीको युवा संगठन भएको हुनाले पनि यस भेलालाई निकै महत्वका साथ हेरिएको हो । भेलाले नयाँ कार्यसमिति चयन गर्नेछ ।