काठमाडौं । शुल्कवृद्धि, अनियमितता, विकृतिलगायतका समस्याहरु हल गर्न भनी सातदिने अल्टिमेटमसहित बुझाएको मागमाथि कुनै सुनुवाइ नगरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्रिभूवन विश्वविद्यालयन्तर्गतका सबै इन्जिनियरिङ कलेजमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । संगठनकी नेवा राज्य समिति संयोजक ज्ञानु खतिवडाले बुधबार एक विज्ञप्ती जारी गर्दै यस्तो त्यस्ता कलेजहरुमा तालाबन्दी गरिएको जनाएकी हुन् ।
विज्ञप्तीमा भनिएको छ, “समस्या हल गरियोस् भनी एक हप्ते अल्टिमेटम दिएको तर उक्त समयावधिभित्र यी कलेज प्रशासनले विध्यार्थीका जायज माग पूरा नगराउन आलटाल गरिरहेकाले संघर्षको पूर्व घोषित कार्यक्रम अनुसार तालाबन्दी गरिएको जानकारी गराउँदछौं ।