
एजेन्सी– एक भारतीय नागरिकको पेटबाट चिकित्सकले ४० वटा चक्कु निकालेको छ ।
ती ४२ वर्षीय भारतीय नागरिकले तीन महिनाको बिचमा ४० वटा चक्कु निलेका थिए ।




उनले गत सातामात्रै पेटको दुखाईका कारण आफूसँगको सम्पर्कमा आएको डा.जतिन्दर मलहोत्राले जनाएका छन् । उनको पेटबाट सबै चक्कु निकालिएको र अवस्था खतरामुक्त रहेको मल्होत्राको भनाई छ ।
पाँच जना चिकित्सकको टोलीले पाँचघन्टा लामो अपरेशनपछि उनको पेटबाट सबै चक्कु निकालेको थियो । चिकित्सकहरु उनले कसरी चक्कुहरु निले भनने विषयमा अनुसन्धान सुरु गरेका छन् ।
उनको मानसिक अवस्थाका बारेमा पनि अनुसन्धान भइरहेको तर उनको परिवारले समेत यसबारेमा यकिन जानकारी नदिएको चिकित्सकहरुको भनाई छ ।
मल्होत्राले भने, ‘उनले अब कहिल्यै चक्कु नछुने प्रतिबद्धता जनाएका छन् । तर, उनका परिवारका सदस्यले अनुगमन गर्ने छन् ।