आत्मघाती आक्रमणकारी १२/१४ वर्षका बालक को होला ?

आत्मघाती आक्रमणकारी १२/१४ वर्षका बालक को होला ?

अंकारा । टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने १२ देखि १४ वर्षको बालक रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ । प्रहरीद्वारा नै सो सूचना सार्वजनिक भएपछि टर्किस् प्रहरीले सो बालकको पहिचान खोजिरहेको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले एक पत्रकार सम्मेलनमा सो विवाह समारोहमा बम हमला गर्ने आत्मघाती बालक रहेको जानकारी दिएका थिए ।

सो हत्याकाण्डपछि आइतबार इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले बालक १२ देखि १४ वर्षसम्मको रहेको पाइएको बताएपनि उसको पहिचान भने खुलेको छैन ।

टर्किस् प्रहरीले पनि सो बम हमलाकारी बालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उसले त्यही बालकको खोजी गरिरहेको जानकारी दिएको छ । सो हमलामा परी मारिनेको संख्या ५४ पुगेको छ ।