संविधान संशोधन होइन, आमूल परिवर्तन आवश्यक : अध्यक्ष वैद्य

संविधान संशोधन होइन, आमूल परिवर्तन आवश्यक : अध्यक्ष वैद्य

जनकपुर । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संविधान संशोधनले मात्रै उत्पीडित वर्ग, जाति क्षेत्र र समुदायका समस्या हल हुन नसक्ने बताएका छन ।

उनले वर्तमान संविधानमा आमूल परिवर्तनको खाँचो औँल्याए । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले संशोधन र पुनर्लेखनले वर्गीय र मधेसीको हित हुन नसक्ने धारणा राखे ।

मधेसवादी दलमा मधेसको हितभन्दा पनि संसद्को मोहका कारण आन्दोलनलाई गन्तव्यमा पु¥याउन नसकेको भन्दै उनले दलहरूले दिने गरेको धोकाबाट सजग रहन जरुरी रहेको उल्लेख गरे । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सहयात्राका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले राजनीतिक रुपमा बाटो नै फरक भएकाले तत्काल सहयात्राको कुनै सम्भावना नरहेको स्पष्ट पारे । 

उनले अब आफ्नो पार्टीले देशमा नयाँ प्रकारको संघर्षको सुरुवात गर्ने स्पष्ट पारे ।