आज रामवृक्ष स्मृति दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

आज रामवृक्ष स्मृति दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

rambrik6ayकाठमाडौं । आज रामवृक्ष स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईदै छ । 

माओवादीका तत्कालीन केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा आज नेकपा (क्रान्तिकारी माओवादी) लगायत माओवादी विचारधाराका पार्टीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

तत्कालीन एकता केन्द्रका केन्द्रीय सदस्य यादवलाई जनयुद्धको तयारीका क्रममा २०५२ साल भदौ २ गते अर्थात आजैका दिन जनकपुरबाट फर्कंदै गर्दा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले वरमझियास्थित घर नजिकै हत्या गरेका थिए ।

लामो समय शिक्षण पेशामा संलग्न रहेका यादव तराई क्षेत्रमा ‘मास्टर साहेब’ का नामले चिनिन्थे । माओवादीले हरेक वर्ष भदौ २ गते रामवृक्ष यादव स्मृति दिवस मनाउँदै आएको छ ।

पहिलो संविधानसभामा सभासद् रहेकी उनकी जीवन संगीनी रामकुमारी यादवको २०६७ साल साउन २९ गते खाना पकाउने ग्याँस बिष्फोट हुँदा निधन भएको थियो भने जनयुद्धमा यादवका भाइहरु रामसागर यादव, हरिप्रसाद यादव, छोरा शेखर यादव र ज्वाइँ डम्बर यादव सहिद भएका थिए ।