रेडियो नेपालको घट्ना र बिचारमा संगीतालाई पठाएपछि बबण्डर

रेडियो नेपालको घट्ना र बिचारमा संगीतालाई पठाएपछि बबण्डर

radio nepalकाठमाडौं । कांग्रेस–माके गठबन्धनको सरकार गठन भए लगत्तै रेडियो नेपालमा चल्दै आएको कार्यक्रम ‘घट्ना र विचार’ मा संगीता खड्कालाई पठाउने भएपछि नेकपा माओवादी केन्द्रमा बबण्डर मच्चिएको छ ।

पटक पटक सत्ताको स्वाद चाख्दै आएकी खड्कालाई नै कार्यक्रमको संयोजक बनाएर पठाएपछि माकेका पत्रकारहरुबीच असन्तुष्टी बढेको हो । यसअघि कृष्णबहादुर महरा तथा अग्नि सापकोटा सञ्चारमन्त्री भएकोबेला पनि संगीताले नै रेडियो नेपालको राजनीतिक कार्यक्रममा कब्जा जमाएकी थिइन् ।

तत्कालिन नेपाली कांग्रेसको सरकार गठन भएका बेला नेपाली कांग्रेसका नेता योगप्रसाद उपाध्याय सञ्चारमन्त्री भएका बेला घटना विचारको शुरुवात भएको थियो । पुरुषोत्तम दाहाल, पूर्वसचिव कृष्ण ज्ञवाली, सीता कोइराला, हरिविनोद अधिकारी लगायतको टिमले कार्यक्रम घटना र बिचार सञ्चालन गरेका थिए ।

प्रारम्भिक समयमा राजनीतिक रुपमा नै निकै प्रभाव पार्ने यो कार्यक्रम त्यसपछि सरकार फेरिँदैपिच्छे पार्टीको ठेक्का रहँदै आएको थियो । यसअघि सम्म ठेक्कामा दिइदै आएको यो कार्यक्रम अघिल्लो सरकारदेखि करारमा लगाइँदै आएको छ ।