नेपाल टेलिकमको रिचार्जमा समस्या, टेलिकमले गर्यो क्षमायाचना

ntc rechargeकाठमाडौं । नेपाल टेलिकमले आफ्नो रिचार्ज प्रणालीमा सुधार गर्ने क्रममा शनिबारदेखि रिचार्ज कार्डमा प्राविधिक समस्या हटेको जनाए पनि आइतबार साँझसम्म पनि समस्या कायमै छ । टेलिकमले आइतबार दिउँसोबाट ग्राहकमा परेको असुविधाप्रति क्षमा याचाना मागेको थियोे ।

कम्पनीले एक विज्ञप्तिमार्फत रिचार्ज कार्डमार्फत हुने रिजार्ज (*412*Pin Code#/ 1412 IVR मार्फत) मा विशेष प्राविधिक समस्या उत्पन्न भई उक्त कोडबाट रिचार्ज हुन सकेको समयमा ग्राहक वर्गले देखाएको धैर्यता र सद्भावप्रति आभार व्यक्त गरेको छ । साथै अवरुद्ध सेवा अाइतबार दिउँसो करिब ३ बजेबाट सञ्चालन भएको टेलिकमले जनाएको छ ।

टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले टेलिकमको रिचार्ज कार्डमा आएको समस्या समाधान भई पूर्ववत् रुपमा सञ्चालन भएको जानकारी दिइन् । भविष्यमा यसप्रकारको समस्या दोहोरिन नदिन कम्पनी कटिबद्ध रहेको उनले बताएका छन् ।