एजेन्सी । लिबियाको बेनघाजी सहरमा भएको एक कारबम विस्फोटमा १८ जना मारिएका छन् भने केही घाइते भएका छन् ।
लिबियाको पूर्वी ग्वारसा जिल्लामा आन्तरिक लडाई तिव्र भएको इलाकामा यो विस्फोट भएको हो ।
यो आक्रमण लिबियाको सरकारी सेनाको समर्थनमा आईएसविरुद्ध अमेरिकाले गरेको आक्रमणको एक दिनपछि भएको हो ।
लिबिया सरकारको अनुरोधमा चरमपन्थी संगठन इस्लामिक स्टेट आइएसविरुद्ध सिर्ते सहरमा अमेरिकी सेनाले हवाई हमला गरेको थियो । यो बम आक्रमण सरकारी सेनालाई लक्षित गरी गराइएको हो ।