भारतको त्रिवेन्द्रमबाट उडेको विमान अवतरणका क्रममा दुर्घटना

भारतको त्रिवेन्द्रमबाट उडेको विमान अवतरणका क्रममा दुर्घटना

emiratesएजेन्सी । भारतबाट उडेको इमिरेट्स एयरलाईन्सको विमान दुबई इन्टरनेशनल एयरपोर्टमा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ ।

भारतको त्रिवेन्द्रमबाट उडेको इ के ५२१ नम्बर उडानको बोइङ ७७७ विमान दुर्घटनाग्रस्त भएको हो ।

अवतरणका क्रममा विमानमा आगो लागेको भएपनि सबै यात्रुलाई सकुशल निकालिएको जनाइएको छ ।

इमिरेट्स एयरलाईन्सले ट्विटमार्फत दुर्घटनाको पुष्टि गरेको छ भने अल अरेबिया न्युज च्यानलले तस्बिर ट्विट गरेको थियो । 

ट्विटमार्फत एयरलाइन्सले त्रिवेन्द्रमबाट उडान भरेको इके ५२१ विमान दुर्घटना भएको र यसमा २७५ जना यात्रु रहेको जनाएको छ । दुर्घटनाका क्रममा सो विमान दुर्घटना भएपनि अन्य विमानलाई अवतरण गर्न केही समय रोक्नुपरेको थियो । 

विमानमा प्राविधिक समस्या देखिएपछि विमानस्थलमा यात्रुहरुलाई आकस्मिक रुपमा उद्धार गरिएको र सबै जना सकुशल रहेको संयुक्त अरब इमिरेट्स सरकारले जनाएको छ । विमानमा कति क्षति भएको भन्ने सम्वन्धमा भने केही बताइएको छैन ।