भरतपुर । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति चितवनले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) मा ३२ बुँदे मागपत्र पेश गरेको छ ।
क्रान्तिकारी चितवन जिल्ला अध्यक्ष अमृत चापागाईको नेतृत्वमा सीटीईभीटी मध्य क्षेत्रीय कार्यलय भरतपुर चितवनमा बढाइएको शुल्क घटाउन तथा वैज्ञानिक शुल्क कायम गर्नुपर्नेसहितका ३२ बुँदे मागपत्र पेश गरिएको हो ।
क्रान्तिकारीले राज्यका शिक्षासम्बन्धि ऐन कतिपय सन्दर्भमा अवैज्ञानिक र असान्दर्भिक भएकाले निजीकरण र व्यापारीकरणमा फस्दै अस्तव्यस्तको अवस्थामा पुगेकोले त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
संस्थाहरुको पूर्वाधार नभएको भए एक साताभित्र टोली पठाएर अनुगमन गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, महाभूकम्पमा आमाबाबु गुमाएका र घाइते भएकालाई छात्रवृत्तिको व्यवस्था गर्न, एसएलसीमा जुनसुकै ग्रेडमा उत्तीर्ण भएपनि चाहेको विषय पढ्न पाउने व्यवस्था गर्न तथा प्राविधिक एसएलसी उत्तीर्ण गरेकालाई सीटीईभीटी अन्तर्गतका संस्थाहरुमा पढ्ने व्यवस्था गर्नुपर्ने लगातका ३२ बुँदे माग राखेको हो ।