युएईमा हप्तामा एक नेपालीको ज्यान जान्छ

लालबहादुर ढेंगा, दुबई (युएई)– गएको १ जुलाई शुक्रकारका दिन दुबईको नसिमा रोयल होटलमा नेपाली राजदूतावास अबुधावीले वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कामदार र दूतावासबीच सहज र शुलभ सेवाको सम्बन्धमा युएईस्थित संचालनमा रहेका विभिन्न संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजीवि, महिला, पत्रकार र नेपालीलाई रोजगार दिने विदेशी स्पोन्सरको सहभागितामा भएको हो ।

युएईस्थित लगभग ४ लाख नेपाली कामदार र दूतावासकोबीच कसरी सहकार्य हुने, वैदेशिक रोजगारीको सम्बन्धमा जानकारी सहित तयार पारिएको आफ्नो रिपोर्ट कार्यवाहक राजदूत नेत्रबहादुर टन्डनले प्रस्तुत गरेका थिए । उनले युएईको कानुन र रोजगारसम्बन्धी जानकारी दिएका थिए । विदेशको भूमिमा रोजगार गर्दा कानुनको दायरामा रहेर कुनै पनि कार्य गर्दा सचेत हुनु पर्नेमा जोड दिएका थिए ।
त्यसैगरी काउन्सिलर भेषबहादुर कार्कीले रोजगार व्यवस्थापन वैदेशिक ऐन २०६४ ले गरेको व्यावस्थासम्बन्धी जानकारी दिएका थिए भने द्वितिय सचिव कृष्ण अर्यालले ८ वटा जेलमा भिजिट गरी १ सय जना जेलमा रहेको र कुन अभियोगमा गएकोे भन्ने बिवरण समेत दिए । युएईमा प्रत्येक हप्तामा १ जना नेपालीको मृत्यु हुने, हालसम्ममा १६० मृतकले पाउनुपर्ने रकम १२ करोड रुपैयाँ नेपाल पठाएको जानकारी दिएका छन् ।

राहदानी र ट्राभल डकुमेण्टको बारेमा तृतीय सचिव बिष्णु अधिकारीले आफ्नो रिपोर्टमा विश्वको १०६ देशमा नेपाली कामदार पुगेको छ भने ४ देशमा जानको लागि रोक्का गरिएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या ४६ लाख ९५ हजार ७ सय ९५ रहेको पुष्टी भएको छ । दैनिक १ हजार ३ सय युवावर्ग विदेश पलायन हुन्छ भने सबैभन्दा धेरै महिला कामदारको रुपमा युएईमा आएका छन् ।

स्रोतः ईप्रभावडटकम