काठमाडौं । पछिल्लो समय आफ्नो गायन क्षेत्रमार्फत दर्शलाई मनोरन्जन दिलाउदै आएकी चर्चीत पप गायीका रितु कडेंल आफ्नो मायाँलाई संगै बस्न आग्रह गरेकी छन् ।
दर्जनौ गितहरु मार्फ आम दर्शकको मन मुटुमा बाँस बसिसकेकि गायिका कंडेलको म्युजिक भिडियो बजारमा आएको छ ।
‘बतास आई उडाइ लाला माया पर पर, किन मान्छौ डर आउन वर वर’ बोलको गीतमा चर्चित तथा दर्शक तथा स्रोताले अत्याधिक मन पराएकी गायिका रितु कंडेलले अभिनय गरेकी छन् ।
नेपाली समाज र नेपालीलाई सुहाउदो दृश्यमा तयार पारिएको सो भिडियो यतिवेला निकै चर्चामा रहेको छ । यस गीतमा केटाहरुले प्रेम प्रस्ताव राख्ने परिपाटीलाई व्यङ्ग गर्दै केटि स्वयंमले प्रेमको प्रस्ताव राखेको गायिका कंडेलले बताईन ।
उनले भनिन जिन्दगी एक दिनको हो, आउ मरो हात समाउ भनेर गीत मार्फत प्रेम प्रस्ताव राखिएको छ । धेरैले जस्तो हाम्रो समाजमा केटाले केटी सँग प्रेम प्रस्ताव राक्छन तर यो गीतमा केटीले नै केटा सँग प्रेम गर भनेर आग्रग गरिरहेकी छन् ।
आजको जमानामा नारीमा भएको आटलाई यस म्युजिक भिडियो मार्फत आम मानिसमा देखुन खोजिएको छ । कमल खत्रीको शब्द रचना र संगीत संयोजन रहेको उक्त गीतलाई मनोज विष्टले निर्देशन गरेका छन् ।