हेटौंडा । मकवानपुरको मनहरी–३ स्थित रमनटारमा आइतबार बिहान भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट गाइघाटर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौ आइरहेको ना. ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी ६ जनाको घटनास्थलमै, दुई जनाको अस्पताल लैजाने क्रममा र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेका छ । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।