काठमाडौं । अशोक राईसँगै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा आएका जनजाति नेता आङकाजी शेर्पाले पार्टी परित्याग गरेका छन् ।
पार्टीले दिएको सबै जिम्मेवारीबाट राजिनामा दिँदै शेर्पाले पार्टी परित्याग गरेको जनाएका छन् । शेर्पाले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई पार्टीप्रति असन्तुष्ट जनाउँदै राजिनामा पठाएका हुन् ।
पार्टीमा जिम्मेवारी बहनभन्दा व्यक्तिगत स्वार्थ दोहन गर्ने र पहिचानको आन्दोलनमा अहोरात्र लाग्नेलाई बेवास्ता गरिएको उनले उल्लेख गरेका छन् ।
पार्टीमा समावेशी प्रतिनिधित्वमा नातावाद र नश्लवाद हावी भएको उनको आरोप छ । शेर्पा जातिको मुक्तिका लागि भने सदैव लगिरहने उनले प्रतिवद्धता जनाएका छन् ।