बेइजिङ/एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले तिब्बती बौद्ध धार्मिक नेता दलाई लामालाई भेटेपछि चीन रुष्ट बनेको छ ।
चीनले दलाई लामालाई भेटेकोप्रति अमेरिकासँग कडा आपत्ति जनाएको हो । अमेरिकी राष्ट्रपति ओबामाले ह्वाइटहाउसमा बोलाएर दलाई लामासँग कुराकानी गरेका थिए ।
ओबामासँगको भेटमा दलाई लामाले आफूहरुले चीनसँग तिब्बतको स्वतन्त्रता नमागेको बताउँदै चाँडै वार्ता भने हुने विश्वास व्यक्त गरेका छन ।
दुवै नोवेल शान्ति पुरस्कार विजेता नेताहरुबीच भएको भेटवार्ताले अमेरिकाको तिब्बत नीतिमा कुनै परिवर्तन नआउने ओबामाका प्रवत्ताले उल्लेख गरेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव जोश अर्नेस्टले पत्रकारसम्मेलन गर्दै दलाई लामालाई ओबामाले भेटेको चौथो अवसर भएको भन्दै यसप्रति कुनै शंका नगर्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘एक पटक फेरि दोहो¥याउन चाहन्छु कि यसले तिब्बतको विषयमा अमेरिकी नीतिमा कुनै परिवर्तन आउने छैन ।’ ओबामाले ८० वर्षीय धार्मिक नेता लामालाई मिडियाकर्मीलाई समेत जान नदिएर भेट गरेका थिए ।