काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज पार्टी कार्यालय कुपण्डोलमा ३७ औं जनआन्दोलन दिवस मनाउने तयारी गरेको छ । पार्टीको केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्नुहुनेछ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हरेक वर्ष चैत्र २४ गते जनआन्दोलन दिवस मनाउँदै आएको छ र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा क्रान्तिकारी आन्दोलनको दिशामा निरन्तर रुपमा आवाज बुलन्द गर्दै आएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले हालै पार्टीको केन्द्रीय समितिको पाँचौ विस्तारित बैठकबाट राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । र, पार्टीको स्थायी समितिको बैठकबाट चाँडै संगठन र संघर्षका कार्यक्रमहरु ठोस गर्ने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।





























