काठमाडौं । २०८२ चैत्र ७ गते ( २०२६ मार्च २१ ) मा चार दलित संगठनहरूले एक अन्तरक्रियाको आयोजना गरी ६१ औ जातिभेद उन्मुलन दिवस मनाउने भएका छन्। “वर्तमान राजनीतिक परिस्थितिमा दलित मुक्तिको सवाल” विषयक अन्तरक्रिया कार्यक्रममा दलित आन्दोलनका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ललितपुरको कुपण्डोलमा हुन गइरहेको उक्त कार्यक्रमलाई चारदलित संगठनहरू क्रान्तिकारी दलित मुक्तिमोर्चा नेपाल,एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जातव्यवस्था उन्मूलन मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च आयोजक रहेका छन्। कार्यक्रमको प्रारम्भ हुने समय दिउँसो १२ बजे तोकिएको छ ।































