निर्वाचन बहिष्कार कार्यक्रम सफल : प्रहरी हिरासतमा रहनुभएका कमरेडहरुको यथाशीघ्र रिहाइको लागि जोडदार माग

निर्वाचन बहिष्कार कार्यक्रम सफल : प्रहरी हिरासतमा रहनुभएका कमरेडहरुको यथाशीघ्र रिहाइको लागि जोडदार माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा अघि बढाइएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको बताउनु भएको छ ।

वक्तव्यमा भनिएको छ, “यो बहिष्कार कार्यक्रममा कठपुतली सरकारको व्यापक दमनका बावजुद बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अभिवादन तथा धन्यवाद ज्ञापन गर्दछ । यो कार्यक्रमको दौरानमा गिरफ्तार हुनुभएका केन्द्रीय समितिको पोलिटब्यूरो सदस्यहरु सोमानसिंह तामाङ तथा सिताराम बुढाथोकी र केन्द्रीय समिति सदस्यहरु कर्णबहादुर बिसी, टिकाराम पौडेल र डिल्ली बोहोरा, वैकल्पिक केन्द्रीय सदस्यहरु नारायण न्यौपाने, रत्न ओली, बीरबहादुर पुन, रवि पाण्डे लगायत विभिन्न जिल्लाका प्रहरी हिरासतमा रहनुभएका सम्पूर्ण कमरेडहरुको यथाशीघ्र रिहाइको लागि जोडदार माग गर्दछौँ ।”