५० प्रतिशत पनि मत नखसेको दावी, निर्वाचनप्रति जनतामा उत्साह देखिएन

५० प्रतिशत पनि मत नखसेको दावी, निर्वाचनप्रति जनतामा उत्साह देखिएन

काठमाडौं । निर्वाचन आयोगका अनुसार ९० लाख ५० हजार मतदान भएको छ। दिउँसो साढे ४ बजेसम्ममा ९० लाख ५० हजार मत खसेको हो। देशभर एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन्। तर आयोगले तोकेको समय सकिनु आधा घण्टा अघिसम्म पनि ५० प्रतिशत मत पुगेको छैन । साँभझ ५ बजेसम्ममा मतदान स्थलमा प्रवेश गरिसक्नेले मतदान गर्न पाउने भएपनि मतदान स्थलमा मतदाता नरहेको पाइएकोले ५० प्रतिशत पनि मत नखसेको निर्वाचन पर्यवेक्षकहरुले टिप्पणी गरेका छन् ।