काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका ४ मा मतपेटिएका लुटिएपछि त्यहाँको निर्वाचन विथोलिन पुगेको छ । मतदानका लागि निर्धारित समय सकिन लाग्दा पनि रोकिएको मतदान अझै सुरु भएको छैन । लुटिएका मतपत्र फेला परेका छैनन् ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले हराएका मतपत्रहरूको खोजी जारी रहेको बताउँदै भने, ‘५४(५५ वटा मतपत्र हराएकोमा ४४ वटा फेला परेका छन् ।
मतपत्र लुट्नेक्रममा अन्यत्र दलका प्रतिनिधिले निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपातसमेत गरेका थिए । विवाद बढ्न थालेपछि बिहान ११ बजेतिर प्रहरीले हवाई फायरसमेत गरेको थियो । आलेले अहिले उक्त मतदान केन्द्रमा आएका मतदाता र दलका कार्यकर्ताहरू सबै गइसकेको बताए ।
‘मत हाल्न भनेर लाइनमा बसेका मतदाता र दलका कार्यकर्ताहरू पनि मतदान स्थलबाट घर फर्किसकेका छन् ।































