काठमाडौं । सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सचिव रवि पाण्डेयलाई बर्दघाटस्थित आफ्नै तरकारी पसलबाट पुनः गिरफ्तार गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गरी सरकारको यो कायरतापूर्ण गिरफ्तारीप्रति घोर भत्र्सना गर्नुभएको छ । र, रवि पाण्डेलाई विनाशर्त तुरुन्तै रिहाई गर्न जोडदार माग गर्नुभएको छ । वक्तव्यमा अन्यथा राज्य पक्षले यसको चर्को मुल्य चुकाउनुपर्ने पनि चेतावनी दिइएको छ ।
































