निर्वाचन बहिष्कारको अपिल सहित कोण सभा एवं सहिद परिवार भेटघाट कार्यक्रम सम्पन्न

निर्वाचन बहिष्कारको अपिल सहित कोण सभा एवं सहिद परिवार भेटघाट कार्यक्रम सम्पन्न

नवलपरासी १७ फागुन: संयुक्त संघर्ष समिति सम्बद्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार गर्न अपिल सहित सुनवल-७ अस्नैयामा कोणसभा तथा जनयुद्धका सहिद परिवार भेटघाट गरेको छ । पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयको अगुवाईमा छुट्टाछुट्टै रुपमा उक्त कार्यक्रम गरिएको हो । सो अवसरमा पार्टीका जिल्ला सदस्य एवं अग्रज तथा सुनवल नगर संयोजक प्रेमलाल रिमालले सम्बोधन गरेको पार्टीले जनाएको छ । कार्यक्रममा जनयुद्वको शहिद हरि क्षेत्रीको जिवनसाथीलाई सम्मान गर्नुको साथै अस्नैया चोक आसपासका बस्तीमा पर्चा वितरण गरिएको थियो । त्यस्तै आइतबार नै रामग्राम नगरपालिका अन्तरगतका घिनाहा, बन्जरिया, मन्झरिया र पाल्हीनन्दनका बेलाशपुर,कुस्मा, हरपुर, महेशपुर लगायतका बजारमा बहिष्कारको अपिल वितरण गरिएको थियो ।