संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोण सभा एवं घरदैलो सम्पन्न नवलपरासी १५ फागुन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (बहुमत) सहित चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीले बहिष्कारको अपिल गर्दै कोण सभा एवं घरदैलो सम्पन्न गरेको छ । शुक्रवार बर्दघाट -४ मर्चाघोला, दिब्यनगर, शान्तिनगर, शिवालय टोल कोण सभा एवं घर दैलो गरिएको संयुक्त संघर्ष समिति नवलपरासीले जनाएको छ । सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले समितिमा आबद्व चार दल सहित १२ वटा दल र समुह निर्वाचनको विपक्षमा रहेको बताउदै पटक पटक सुकुम्बासी भुमिहीनहरुलाई झुक्याउने संसदबादी”दलाल” लाई भोट होइन चोट दिनुपर्ने औल्याए । उनले साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनले नयाँ दलाल उत्पादन गर्ने र उक्त दलालबाट रास्ट्रघाती एसपीपी सम्झौता संसदबाटै पास गर्ने भएकोले निर्वाचनको औचित्य नभएको बताए । गाउँमा दलालहरु होशियार,साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको सशक्त बहिष्कार गरौ , भुमिहीन सुकुम्बासी एकता जिन्दावाद,कठपुतली सरकार खारेज गर, स्वाधीन संयुक्त सरकार गठन गर , जस्ता चर्का नाराबाजी सहित संघर्ष समितिका स्थानीयले चासोपूर्बक लिएका थिए । त्यस्तै बर्दघाट-२, सुस्ता-१ का बिभिन्न टोलमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पर्चा वितरण गर्दै घरदैलो गरेको बताएको छ । जिल्लाको ४१ वडामा घरदैलो संचालन भैरहेको उक्त पार्टीले जनाएको छ । जिल्लाका बिभिन्न गाउँ बस्तीका सुकुम्बासी एवं भुमिहिनले भोट नहाल्ने तयारी गरेको समेत उक्त पार्टी दाबी छ । जिल्लामा क्राकपा नेपाल,नेकपा(बहुमत), बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा, समाजवादी कम्युनिस्ट पार्टी नेपाल , संयुक्त जेनजी जस्ता बहिष्कार पक्षधर सक्रिय रहेका छन् ।































