पार्टीका पिविएम के.बि. गुरुङकी आमा शान्ती गुरूङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

पार्टीका पिविएम के.बि. गुरुङकी आमा शान्ती गुरूङ्गको श्रद्धाञ्जली सभा सम्पन्न

–जितामित्र सुनार

दरभान,प्यूठान ।
२०८२ फागुन ९ गते सरूमारानी गा.पा. दरभान, प्यूठानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर व्यूरोको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका पोलिट ब्युरो सदस्य के.बि. गुरुङकी आमा शान्ती गुरूङ्गको ८७ बर्षको उमेरमा मृत्यु भएको थियोे । उक्त कार्यक्रम सातौं दिनको दिन आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेल, पार्टी


के.बि.गुरुङले आफ्नो आमाको जीवनीको बारेमा, आमाका सम्झना र अनुसरण गर्नु पर्ने विषयहरूमा बोल्नुभएको थियो । पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेलले पार्टीको तर्फदेखि के बि गुरूङ्ग र सम्पूर्ण परिवारजनहरुमा संवेदना प्रकट गर्नका साथै आमा शान्ती गुरूङ्गलाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियोे । श्रद्धाञ्जली सभामा प्रेम सुवेदी पनि बोल्नु भएको थियो । श्रद्धाञ्जली सभामा ४ नम्बर ब्युरो सचिव समिरले अध्यक्षता गर्नुभएको थियो भने, प्युठान जिल्ला सचिव वीरबहादुर पुनले सञ्चालन गर्नुभएको थियो ।