काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वपरीक्षानियन्त्रक एवम् यस सङ्गठनका केन्द्रीय सल्लाहकार प्रा.श्रीधर अधिकारी तथा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जमा प्राध्यापनरत श्रीनिबास अधिकारी, श्रीबास अधिकारी र छोरी सुशीला अधिकारी, शान्ता अधिकारी र शोभा अधिकारीकी स्नेही ममतामयी माता रमादेवी अधिकारीको २०८२ साल फागुन १ गते १२स्१५ बजे ८७ वर्षको उमेरमा भएको असामयिक र दुःखद निधनबाट मर्माहत एवम् दुःखित भएको उल्लेख गर्दै नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिले मृतक रमादेवी अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारीले एक श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै आदरणीय प्रा.अधिकारीलगायत समस्त अधिकारी परिवार र आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ ।






























