यस्ता छन् अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले पारित गरेका ११ बुँदे समसामयिक प्रस्तावहरु

यस्ता छन् अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले पारित गरेका ११ बुँदे समसामयिक प्रस्तावहरु

 

बुटवल । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेलाले १ बुँदे समसामयिक प्रस्तावहरु पारित गरेको छ । पारित प्रस्तावहरुमा अमेरिकी साम्राज्यवादको कब्जामा रहेका भेनेजुएलाका राष्ट्रपति मदुरो दम्पत्तिको रिहाइदेखि भारतसँग गरिएका सन् पचासका सन्धि लगायत सममान सन्धि सम्झौताहरु खारेजीसम्म रहेका छन् ।

यस्ता छन् ११ बुँदे समसामियक प्रस्तावहरु

. अमेरिकी साम्राज्यवादद्वारा विश्वकै सबैभन्दा ठुलो पेट्रोलियम पदार्थको भण्डार भएको एक स्वतन्त्र तथा सार्वभौम राष्ट्र भेनेजुलामाथि आक्रमण गरी त्यहाँका राष्ट्रपति मदुरो र उनकी श्रीमतीलाई अपहरण गरेर लागू पदार्थ र हतियारको तस्करीको मिथ्या आरोपमा न्युयोर्कमा लगेर मुद्दा चलाइएको छ । हाम्रो महासंघ यसको घोर भत्सर्ना गर्दै राष्ट्रपति दम्पतिलाई ससम्मान अबिलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।
२. मध्यपूर्वमा एकछत्र हैकम कायम गरी त्यहाँको पेट्रोलियम पदार्थ नियन्त्रणमा लिन इरानमा लोकतन्त्र बहाली गर्ने र आणविक हतियार बन्नबाट रोक्ने नाममा स्वाधीन देश इरानमाथि पुनः आक्रामण गर्न अमेरिकी साम्राज्यवाद मध्यपूर्वी देश तथा त्यसको वरिपरी रहेका सागरमा युद्धपोत लगायत आफ्नो फौजी शक्ति केन्द्रीत गरिएको छ । महासंघ यसको भत्सर्ना गर्दै ती फौजी शक्ति विना सर्त फिर्ता गर्न जोडदार माग गर्दछ ।
३. डेनमार्कको स्वायत्त प्रदेश ग्रीनल्याण्डमाथि अमेरिकी गिद्धेदृष्टिको घोर भत्सर्ना गर्दै ग्रीनल्याण्डको सार्वभौमिकता स्वीकार गर्न जोडदार माग गर्दछ ।
४. प्यालिस्टानी गाजापत्तीमा इजरायली विस्तारवादद्वारा निरन्तर रुपमा गरिँदै आएको नरसंहार तुरुन्त बन्द गरी प्यालिस्टिनी राज्यको सार्वभौमिकता स्वीकार्न हाम्रो महासंघ जोरदार माग गर्दछ ।
५. प्यालिस्टिनको पुर्ननिर्माणको नाममा अमेरिकी साम्राज्यवादद्वारा नवनिर्मित पीस प्याक, जसको उद्देश्य संयुक्त राष्ट्र संघलाई विस्थापित गरी विश्वमा आफ्नो एक्लो हैकम चलाउने उद्देश्य हो, यसलाई खारेज गर्न महासंघ जोडदार माग गर्दछ ।
६. नेपालको कठपुतली सरकारको निर्देशनमा महान्यायधिवक्ताको कार्यालयबाट सम्पति छानबीनको मुद्दा नचलाउने निर्णय तत्काल खारेज गर्न हाम्रो महासंघ जोडदार माग गर्दछ ।
७. चुनावमा भाग लिने वा बहिष्कार गर्ने कुरा पार्टी, व्यक्ति वा संस्थाको संविधान प्रदत्त मौलिक लोकतान्त्रिक अधिकार हो । तर यसको विपरित चुनाव बहिष्कार गर्न पर्चा बाड्नेहरुलाई गिरफ्तार गर्ने, मुद्दा हाल्ने, जेल वा हिरासतमा कैद गर्ने जस्ता कठपुतली सरकारको अत्यन्त निरंकुश कार्यको महासंघ घोर भत्सर्ना गर्दै चुनाव बहिष्कारको प्रचारका क्रममा गिरफ्तार गरिएका सबैलाई विना सर्त ससम्मान अविलम्ब रिहा गर्न जोरदार माग गर्दछ ।
८. चुनाव नजिकिँदै गएपछि पेट्रोलियम पदार्थको अभाव सिर्जना गर्ने, सबै खाद्य पदार्थको भाउ बढाई जनताको ढाड सेक्ने र काला बजारियाहरुलाई पोस्ने सरकारी नीतिको महासंघ घोर भत्सर्ना गर्दै पेट्रोलियम पदार्थ लगायत खाद्य सामाग्रीलाई सर्वसुलभ र भाउ तत्काल नियन्त्रण गर्न हाम्रो महासंघ जोडदार माग गर्दछ ।
९. मुकुम्लुङमा बनाउने भनिएको केवलकारको योजना तुरुन्त खारेज गरी मुकुम्लुङमा संघर्षरत जनताको माग तुरुन्त संबोधन गर्न महासंघ जोडदार माग गर्दछ ।
१०. सहकारी पिडित, लघुवित्त पिडितहरुलाई अविलम्ब न्याय दिलाई पिडकहरुलाई तुरुन्त कारवाही गर्न महासंघ जोडदार माग गर्दछ ।
११. सन् १९५० लगायत नेपाल भारत विचमा भएका सबै असमान सन्धी सम्झौताहरु खारेज गरी नेपाल भारत विचको खुला सिमाना तत्काल नियमन गर्न महासंघ जोडदार माग गर्दछ ।