आज विश्वमा अशान्तिले आक्रान्त छाएको छ । विश्व धेरै नै आतंकित र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको अवस्था छ ।आतंकवादद्वारा युद्ध , नाकाबन्दी, आर्थिक दबाव, कूटनीतिक धम्की र वैचारिक भ्रमको जालो चारैतिर फैलिएको देखिन थालेको छ । विश्वमा यो अशान्तिको केन्द्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकले मात्र भएको जस्तो देखिए तापनि त्यो मात्र कारण होइन । यसको जरो गहिरो छ । त्यो हो , मूल रूपमा अमेरिकी साम्राज्यवाद । राष्ट्रपति डोनाल्ड ट्रम्प त्यही साम्राज्यवादको नाइकेको रूपमा अहिले इतिहासको पछिल्लो चरणमा उदाएका ब्यक्ति हुन्। यिनै ब्यक्तिको नेतृत्वमा अमेरिकी साम्राज्यवादले आतंकवादको रुप लिएर अहिले विश्वभर आतंक मच्चाउँदै आइरहेको अवस्था छ।
आजको अवस्थामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतिपय मानिसहरूले अप्रत्यासित नेताूको रूपमा नाम लिने गरेका छन् भने , कतिपयले उनलाई ूअतिराष्ट्रवादीू रास्ट्रपति पनि भन्ने गरेका छन् । अन्य केही मानिसहरुले ूकुटनीति विहीन राष्ट्रपति पनि भन्ने गरेको कुनैकुनै सामाजिक संजालमा बताइएको पाइन्छ । तर, यथार्थमा भन्ने हो भने उनी अमेरिकी साम्राज्यवादी राज्य सत्ताको अहिलेसम्मकै सबैभन्दा निर्लज्ज, नाङ्गो, निर्दयी, क्रूर , हिंस्रक र आक्रमणकारी प्रतिनिधिको रूपमा एकाएक देखिएका व्यक्ति हुन् । उनले लिएको नीति, बोलेका शब्द र गरेका कामहरूले गर्दा उनको साम्राज्यवादी खोल च्यातिएर वास्तविक अनुहार विश्वसामु स्पष्ट रूपमा छर्लङ्ग देखिएको छ । उनले संयुक्त राष्ट्र संघको घोषणापत्र र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरी विश्वका विभिन्न मुलुकहरूलाई कब्जा गर्ने नीति अपनाइरहेका छन् ।
अमेरिका आणविक हतियारद्वारा सु९सम्पन्न मुलुक पनि हो । त्यसकारण ट्रम्पले आफ्नो साथमा ती आणविक हतियार भएका कारणले ती हतियारको दमको आधारमा विश्वका धेरै देशहरूमा आतंक मच्चाउने हिम्मत र आँटले काम गरिरहेका छन् ।
विश्वभर फैलिएको साम्राज्यवादी आतंकको कुरा गर्दा अहिलेसम्म यो कुरा स्पष्ट छ कि ट्रम्पकालीन अमेरिकी नीतिको कारणले गर्दा विश्वका विभिन्न क्षेत्रलाई प्रत्यक्ष रूपमा प्रभावित हुने गरी आतंकित बनाइएको छ। मध्यपूर्वमा इरानमाथि प्रत्यक्षरुपमा कठोर आर्थिक नाकाबन्दी लगाइएको छ र त्यहाँ राजतन्त्र पुनःस्थापना गर्नेसम्मको योजना भएको संकेत पनि बुझ्न सकिन्छ । यसबाट साम्राज्यवाद र प्रतिगमनका बीचको सम्बन्धको निकटतालाई बुझ्न सजिलो भएकोछ । यसैगरी सिरिया र इराकमा सैन्य हस्तक्षेप गरिएको छ । इजरायललाई अन्धाधुन्द समर्थन गरिएको छ र प्यालेस्टिनी जनतामाथि निरन्तररूपमा अमानवीय र हिंसात्मक ढंगले यातना दिएर अन्याय गरेको कुरा प्रष्ट रूपमा देखिएको छ। ग्रीनल्याण्ड र पानामा शहर कब्जा गर्ने धम्की पनि आएको छ। यी सबै अमेरिकी प्रभुत्ववादका नाममा गरिएका अशोभनीय र अमानवीय अपराधहरु हुन् ।
ल्याटिन अमेरिकामा भेनेजुएला , क्युबा र निकारागुवामाथि पनि राष्ट्रपति ट्रम्प र अमेरिकी साम्राज्यवादद्वारा कडा प्रतिबन्ध लगाइएको छ।भेनेजुएलामाथि आक्रमण गरेर रास्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेन्सलाई अपहरण गरेर अमेरिका लगिएको छ । यसरी विश्वका विभिन्न देशहरूमा लगाइएका नाकाबन्दी , सैन्य हस्तक्षेप , हिंसात्मक रूपमा गरिएको आक्रमण र प्रतिबन्धहरूले लाखौं जनताको जीवन तहस नहस र अस्त ब्यस्त बनाएको छ । जनताले रोजेका सरकार ढाल्ने कुप्रयोजन गर्ने र आफ्नो कठपुतली शासन थोपर्ने नीति विगतको तुलनामा ट्रम्पको शासन कालमा झन् नाङ्गो रूपमा प्रकट भएर आएको छ।
अमेरिकी साम्राज्यवादको यो आतंकको नीति नेपालमा पनि कार्यान्वयन गर्न थालिएकोछ । गत भदौ महिनामा भएको सफल जन्जी आन्दोलनलाई अमेरिकी साम्राज्यवादद्वारा अप्रत्यक्ष रूपमा अपहरण गरी नेपालमा यो नीति कार्यान्वयन गरिएको हो । नेपाल यतिबेला भूराजनीतिक द्वन्दको उत्कर्षमा पनि रहेको छ । यतिबेला नै निर्वाचनको नाममा नेपाल कब्जा गर्ने इन्डो९ अमेरिकन रणनीतिक योजना बनेकोछ । जुन कुरा निर्वाचनको खोल भित्र लुकेको छ । अर्कोतिर नेपाललाई अब सिक्किमीकरणको दिशामा अगाडि लगिदै छ र नेपाल सिक्किम बन्ने खतरा पनि त्यति नै बढेर गएको छ। यो कुरा भारतको जासुसी संस्था रअले नेपालमा निर्वाचनको घोषणा सँगै बालेन शाहलाई नेपालको प्रधानमन्त्री घोषणा गरिसक्यो । उसलाई ९रअलाई ०नेपाली जनताको भोटको कुनै मतलब छैन। उता बालेन शाह,रवि लामिछाने र स्वणिम वाग्लेले भारतलाई तराईदिने र अमेरिकालाई एसपीपी पास गरिदिने शर्तमा भित्रभित्रै ९रअ०र सीआइएसँग सम्झौता गरेको हल्ला विभिन्न सामाजिक संजालमार्फत बताइएको छ । त्यो कुरा कति सत्य छ रु खुल्दै जानेछ ।
अमेरिकी साम्राज्यवादले एसिया प्रशान्त क्षेत्रमा चीन विरुद्ध व्यापार युद्ध, प्रविधि प्रतिबन्ध र सैनिक घेराबन्दीले विश्वलाई नयाँ शीतयुद्ध तर्फ धकेल्दै लगेको देखिएको छ। उत्तर कोरियामाथि सैन्य धम्की दिँदै आएको छ र भारत प्रशान्त रणनीतिका नाममा क्षेत्रीय तनाव बढाउने कार्य गर्दै आएको पनि यसै श्रृङ्खलाका कडीहरु हुन्।
ट्रम प्रशासनले अफ्रिकामा अमेरिकी सैन्य अड्डा खडा गरेर लगातार ड्रोन हमला गर्दै आएको छ र निरन्तर प्राकृतिक स्रोतको दोहन पनि गरिरहेको छ । ूआतंकवाद विरुद्धको युद्धू भन्ने नारा वास्तवमा स्रोत र बजार माथिको नै नियन्त्रण गर्ने युद्ध हो भन्ने तथ्य अब कहिँ कतैबाट लुकेर रहन सकेको छैन।
ट्रम्प के चाहन्छन र ?
डोनाल्ड ट्रम्पको मूल चाहना र उद्देश्य सरल छ । त्यो हो, ढल्दै गरेको अमेरिकी प्रभुत्ववादलाई जबरजस्ती केही अवधिसम्म अझै टिकाइराख्ने अभिप्राय । तर उनको चाहना अनुसार उनले अमेरिकी साम्राज्यवादलाई सधैंभरि यथास्थितिमा टिकाइ राख्न सक्ने छैनन्। किनभने विश्व आज एक ध्रुवीय अवस्थाबाट बहु ध्रुवीय दिशातर्फ अघि बढ्दै गइरहेको छ । उदीयमान अर्थतन्त्र भएका ५ मुलुकहरुको समूह ब्राजिल ,रुस , भारत,चीन र दक्षिण अफ्रिका जस्ता शक्ति केन्द्रको उदयले अमेरिकी साम्राज्यवाद अहिले संकटमा परेको अवस्था छ । अहिलेको यही संकटलाई ध्यान दिंदै ट्रम्पले ूअमेरिकन फस्टूको नारा दिएर नाङ्गो शक्तिका रूपमा हस्तक्षेपकारी भुमिकाद्वारा संकट समाधान गर्ने कुचेस्टा गर्दै आएका छन् ,जुन नीति अमेरिकी साम्राज्यवादको पतनको कारण बन्ने पनि हुन सक्दछ ।
राष्ट्रपति ट्रम्पले अहिले डलरको वर्चस्व जोगाउने हतियार उद्योगलाई चलायमान राख्ने नीति लिएका छन् । अमेरिकी साम्राज्यवादको आन्तरिक वा घरेलु असन्तोषलाई बाह्य शत्रुतर्फ मोडिदिने षडयन्त्र पनि जारी राखेका छन् । ट्रम्पले विश्वका विभिन्न मुलुकहरुलाई आफ्नो आदेशको पालना गर्न दबाब दिने गरेका छन् र अवज्ञा गरेको खण्डमा दण्ड दिने नीतिलाई पनि अगाडि सारेर कार्यान्वयन गर्दै आएका छन् । यही नै हो ट्रम्पको अहिलेसम्म देखिएको कलुषित राजनीतिक र आर्थिक कार्यसूची ।
के ट्रम्पले मनपरी गर्न पाउँछन् र ?
होइन, ट्रम्पले कानुनी रूपमा त मनपरि गर्न पाउँदैनन् । यद्यपि यो त भन्ने कुरा मात्र हो । कानुनीरूपमा , नैतिकरूपमा र अन्तर्राष्ट्रिय दृष्टिले हेर्दा डोनाल्ड ट्रम्प वा अमेरिकी साम्राज्यवादलाई मात्र होइन, विश्व साम्राज्यवाद लगायत अरु कसैलाई पनि यो मनपरि गर्ने अधिकार हुँदैन । तर व्यवहारमा आणविक हतियारको दम , सैन्य शक्ति, आर्थिक प्रभुत्व , डलरको नियन्त्रण र पश्चिमी मिडियाको सहयोगले उनले धेरै समयसम्म मनपरी गर्दै आइरहेका छन् । त्यो सरासर उनको अन्याय, अत्याचार र दादागिरी नै हो । तर इतिहास साक्षी छ , कुनै पनि साम्राज्य सधैँभरि एकनास हिसाबले टिकिराखेको छैन र टिकिराख्न पनि सक्दैन । त्यसकारण अब अमेरिकी साम्राज्यवाद पनि अपवाद पक्कै हुने छैन। कुनै दिन यसको पतन र समाप्ति अवस्यम्भावी छ ।अमेरिकी साम्राज्यवाद र ट्रम्पको दादागिरी पनि कुनै दिन निकट भविष्यमा नै तोडिने कुरा निश्चित छ।
अहिले नै साम्राज्यवाद बाह्यरूपमा शक्तिशाली देखिए पनि आन्तरिक रुपमा आफ्नै पुँजीवादी उत्पादनका कारणले कमजोर बन्दै गएको छ । पूँजीवादी प्रणाली अन्तर्गत अधिकतम नाफा कमाउनका लागि उत्पादन प्रणालीलाई विकसित गर्दै लैजाँदा, त्यसले समाजिक रूप लिँदै जान्छ । तर अर्कोतिर उत्पादनका साधनहरूमाथिको स्वामित्व वा उत्पादनको फल प्राप्तगर्ने तरिका व्यक्तिगत प्रकारको हुन्छ । यसरी उत्पादन प्रणालीको सामाजिक स्वरूप र उपभोगको व्यक्तिगत स्वामित्व र बजारका कारणले गर्दा ती दुवै बीचको अन्तरविरोध बढ्दै जान्छ। त्यही अन्तरविरोधका कारणले पुँजीवादभित्र उत्पन्न भएको गम्भीर प्रकारको आर्थिक संकट पनि बढ्दै जान्छ । पहिलो र दोस्रो विश्वयुद्ध पनि यिनै कारणले भएका थिए ।
द्वितीय विश्वयुद्धपछि औपनिवेशिक मुलुकहरु स्वतन्त्र भए ।अरु पुजीवादी मुलुकहरुको पनि विकास हुँदै गयो । बजारका लागि साम्राज्यवादी शक्तिहर बीचको अन्तरविरोध बढ्दै गयो ।अहिले ट्रम्पको शासनकालमा पनि साम्राज्यवादी शक्तिहरूका बीचको अन्तरविरोधले विकसित रूप लिँदै गएको छ। ट्रम्पको अन्य विभिन्न मुलुक कब्जा गर्ने नीतिले पनि साम्राज्यवादी शक्तिहरू बीचको अन्तरविरोध झन् पछि झन् बढ्दै गएको हो । उनले लिएको आप्रवासी नीतिका कारणले पनि त्यसो हुन गएको हो। यी विविध कारणहरूले गर्दा स्वयं ट्रम्प प्रतिको असन्तोष अमेरिकी साम्राज्यवाद भित्रै बढेर गएको छ। उनका विरुद्ध लाखौं जनताले अमेरिकामा विरोध प्रदर्शन गरेका छन्। त्यस्तै ट्रम्पले पूरा शक्ति लगाउँदा पनि न्युयोर्कको मेयरमा उनको उम्मेदवारको पराजय भयो। यसले पनि ट्रम्पको स्थिति प्रष्ट भएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो स्थिति जे जस्तो भएपनि अमेरिकी प्रभुत्वलाई यथास्थितिमा टिकाईराख्न चाहन्छन् ।तर पुँजीवादले जति प्रयत्न गरेपनि त्यो पुँजीवादी प्रणाली रहँदासम्म कहिले पनि त्यो संकटको समाधान हुँदैन । यो स्थिति आउनुमा उसको पुँजीवादी उत्पादनकै कारण हो। अन्तिममा, साम्राज्यवादको पतन र समाजवादी व्यवस्थाको स्थापनापछि नै त्यो संकटको समाधान हुने कुरा निश्चित छ । त्यसैले साम्राज्यवादले समाजवादमा जाने बाटो आफै निर्माण गर्दछ ।
ूसाम्राज्यवाद पुजीवादको नाशोन्मुख अवस्था हो, ू लेनिनको यो भनाइ अनुसार अमेरिकी साम्राज्यवादको आतंकवादी नीति उसको आफ्नै पतनकोबाटो हो । किनकि त्यसको लागि उसले आतंकवादी नीति अपनाउँदै गएर आफ्नो पतनको मार्ग प्रशस्त गर्ने काम गर्दै आएको छ ।
अब के गर्ने
यो प्रश्नको जवाफ छ९ अब साम्राज्यवादले समाजवादमा जाने बाटो आफैले बनाउँछ भनेर प्रतीक्षामा बसिरहने कुरा होइन। स्वभाविक प्रक्रियाबाट हुने कुरा हुँदै जान्छ । अहिले हामीले अमेरिकी साम्राज्यवादको आतंकवादी नीतिका विरुद्धमा विश्वब्यापिरूपमा संघर्ष गर्नुपर्ने अनिवार्य आवस्यकता भएको छ । त्यसकारण विश्वका सबै पीडित तथा उत्पीडित मुलुकहरूले अन्तर्राष्ट्रिय एकता निर्माण गरेर संघर्ष गर्नुको विकल्प छैन । उनीहरूले साम्राज्यवादको डलरमा हुने गरेको निर्भरता घटाउँदै वैकल्पिक आर्थिक संरचनाको विकास गर्नुपर्छ । एकताको बलमा जनआन्दोलन, जनसङ्घर्ष र वैचारिक संघर्षलाई तीव्र बनाएर अघि बढ्नु पर्दछ । साम्राज्यवादलाई ,लोकतन्त्र र मानवअधिकारको नाममा जनता ठग्ने भ्रमलाई पूर्णरूपमा भत्काउनुपर्छ । यो अवस्था उसकै पुजीवादी उत्पादन कै कारणले सिर्जना हुन आएको हो । त्यो संकटको समाधान अन्त्यमा समाजवादी व्यवस्थाको स्थापनापछि नै हुनेछ।
अन्त्यमा डोनाल्ड ट्रम्प कुनै अपवाद होइनन् । उनी अमेरिकी साम्राज्यवादको अहिलेसम्मकै सबैभन्दा नाङ्गो, क्रुर र पतनशील अनुहार मात्र हुन् । ब्यक्ति फेरिँदैमा व्यवस्था फेरिँदैन, तर जनताको संगठित प्रतिरोध, अन्तर्राष्ट्रिय एकता र वैचारिक स्पष्टताले साम्राज्यवदको अन्त्य अवस्य सम्भव छ । ट्रम्पले अपनाउँदै आएको आतंकवादी नीति खाली ट्रम्प र अमेरिकी साम्राज्यवादको नीति मात्र कमजोर हुँदै आएको होइन, यो विश्व संम्राज्यवादको नीति नै कमजोर हुँदै गइरहेको छ।
इतिहास साम्राज्यवादीहरूको होइन, अन्तिम बिजय संघर्षरत जनताको हो । तिनै संघर्षशील जनताको पक्षमा इतिहास लेखिन्छ । जनताको अजेय शक्तिलाई कसैले कम आँकलन गर्न र रोक्न पनि सक्दैन ।






























