काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दियाका सेक्रेटरी विनय रानाले नेपाली कम्युनिष्ट पार्टीमा प्रवेशको प्रचार मिथ्या भएको भन्दै आपत्ति प्रकट गर्नुभएको छ ।उहाँले माघ १४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताउनु भएको छ–“ध्रुवीकरण र एकताको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेको मिथ्या प्रचार र मेरो नाम समावेश गराइएको प्रति घोर भत्र्सना गर्दछु ।
साथै विद्यार्थीकालदेखि माक्र्सवाद, लेनिनवाद र माओवादको सार्वभौम विचार सिद्धान्तमा अडिक रही दश वर्षे जनयुद्धबाट खारिएर एक कुशल योद्दाको रुपमा काम गर्दै आएको जगजाहेर सबैमा गर्न चाहन्छु कुनै पनि दलाल संसदीय व्यवस्था तथा दक्षिणपन्थी धार र व्यवहार मलाई अस्वीकार्य छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पार्टीबाट विचार स्खलित तथा पलाइन भएका मुठ्ठीभर व्यक्तिहरुसँग मेरा कुनै सम्बन्ध नरहेको जानकारी गराउदछु । विश्व सर्वहारा वर्गको नेतृत्व बोकेर उदयीमान क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अभिन्न सदस्य रही काम गर्ने दृढ संकल्प गर्दछु ।
अन्यथा हाम्रो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बर्दिया जिल्ला कमिटी भित्र गलत अफवाह फैलाउने घृणित हर्कत गरियो भने कडा प्रतिकार हुने कुरा सचेत गराउन चाहान्छु । ”





























