उपत्यका बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस प्रदर्शन, भोलि उपत्यका बन्द, संघर्ष समितिको अपिल : ‘अवस्था फेर्न व्यवस्था फेरौं !’ 

उपत्यका बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस प्रदर्शन, भोलि उपत्यका बन्द, संघर्ष समितिको अपिल : ‘अवस्था फेर्न व्यवस्था फेरौं !’ 

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायत ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले भोलिको उपत्यका बन्दको पूर्वसन्ध्यामा आज साँझ मशाल जुलुस प्रदर्शन गर्दैछ । निर्वाचन बहिस्कारका लागि संयुक्त संघर्ष समितिले भोलि उपत्यका बन्दको आव्हान गरेको छ । अत्यावश्यक सेवा बाहेक सबै क्षेत्र बन्द गरिएको सम्बद्ध पक्षले जानकारी दिएको छ ।
बन्दको आव्हान गर्दै उपत्यकाका सात स्थानबाट मशाल जुलुस निकाल्ने तयारी भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
६ वटा कम्युनिस्ट पार्टी सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवलाई संयोजक तोकेको छ । सीपी गजुरेलको संयोजकत्वमा गठित केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रीस, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहुति, राजेश्वरी सुवेदी, रुपा सुनार, महिन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कट्टेल, खेमनारायण ढुङ्गाना, शशी घिमिरे, समरजंग र समिर सिंह सदस्य रहनुभएको छ ।
केन्द्रीय संयुक्त संघर्ष समितिको नाममा संयोजक सीपी गजुरेलले यसअघि नै प्रेस वक्तव्यमावर्लत् संघर्षका कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।, पौष २८ गते देशव्यापी मशाल जुलुश, पौष २९ गते उपत्यका बन्द लगायतका कार्यक्रम रहेका छन् ।
वक्तव्यमा माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगन्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तक्र्रिया गोष्ठी माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गरिने कार्यक्रम तय गरिएको जनाइएको छ । र, त्यसपछि अर्को चरणको कार्यक्रम घोषणा गरिने जनाइएको थियो ।
कार्यक्रमका लागि ६ वटै पार्टीको गरियो कार्यविभाजन 
केन्द्रीय संयुक्त संघर्ष समितिले संघर्षका कार्यक्रमहरु कार्यान्वयनका लागि संयोजन र अन्तरक्रियाका कार्यक्रमका लागि नेताहरुको कार्यविभाजन गरेको छ ।
प्राप्त जानकारी अनुसार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पाँचथर, भोजपुर, ओखलढुंगा, सर्लाही, बारा, सिन्धुली, दोलखा, रसुवा, नुवाकोट, धादिङ्, लमजुङ्, गोरखा, बागलुङ्, गुल्मी, प्युठान, परासी, रुपन्देही, रोल्पा, रुकुम पूर्व, दाङ्, सल्यान, दैलेख, कालीकोट, बाँके, कंचनपुर, डडेलधुरा, अछाम, भारत, जापानलगायतका जिल्ला र स्थानमा संयोजन गर्ने, नेकपा (बहुमत)ले ताप्लेजुङ्, इलाम, सप्तरी, पर्सा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, कास्की, स्याङ्जा, कपिलवस्तु, रुकुम पश्चिम, सुर्खेत, जुम्ला, मुुगु, बर्दिया, डोटी, बैतडी जिल्लामा संयोजनको भूमिका खेल्ने, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सुनसरी, महोत्तरी, सिराहा, खोटाङ्, उदयपुर, सोलु, रौतहट, चितवन, रामेछाप, भक्तपुर, नवलपुर, कैलाली, बझाङ, बाजुरा, कोरिया, हङकङ, युरोप, मलेसिया, कतार, युएइमा संयोजनको काम गर्ने, नेकपा (जनपक्ष)ले झापा, धनकुटा, मकवानपुर, अर्घाखाँची, हुम्ला, दार्चुलामा संयोजन गर्ने, नेकपाले मोरङ र ललितपुर र समाजवादी कम्युनिस्ट पार्टीले पाल्पा, जाजरकोटमा संयोजनको काम गर्ने गरी कार्यविभाजन गरिएको छ ।
त्यसंगरी माघ २ गते गरिने अन्तरक्रिया कार्यक्रमका लागि स्थान र कार्यक्रमको नेतृत्व गर्ने नेताहरुको पनि कार्यविभाजन गरिएको छ । प्राप्त जानकारी अनुसार इटहरि : ऋषि कटेल, जनकपुर : धर्मेन्द्र बास्तोला, सिमरा : रामसिंह, चितवन : आहुति, पोखरा : वसन्त बोगटी, बुटवल : सन्तबहादुर नेपाली, नेपालगंज : समरसिंह, सुर्खेत :दिपक चलाउने आदि तोकिएको छ । अन्य ठाउँ र नेतृत्व तोक्न बाँकी रहेको पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हेडक्वार्टरले जानकारी दिएको छ ।
संयुक्त संघर्ष समितिको अपिल : अवस्था फेर्न व्यवस्था फरौं !
 ‘अवस्था फेर्न व्यवस्था फेरौं’ भन्दै आम श्रमजीवी जनतामा एक अपिल जारी गरेको छ । ‘अवस्था फेर्न व्यवस्था फेरौं !,आम नेपाली जनताको प्रतिनिधित्व गर्ने स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने निर्वाचन बहिष्कार गरौं !!’ भन्ने मूल नरााका साथ जारी गरिएको अपिलमा भनिएको छ,
“भाद्र २३ र २४ को जेन जी विद्रोह पछिको नेपालको राजनैतिक स्थितिमा अहिले नयाँ मोड आएको छ । त्यस विद्रोहको मुख्य कारण २०६२ मंसिरमा कांग्रेस, एमाले लगायतका दलहरूका प्रमुख नेतृत्व र तत्कालीन नेकपा (माओवादी) को नेतृत्व बीच दिल्लीमा भएको १२ बुँदे सम्झौताको जगमा स्थापित पुरानो लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसका दलाल तथा नोकरशाही पूँजीपति वर्गका शासकहरू र विदेशी प्रतिक्रियावादीहरूले आम नेपाली जनताका जनजीविका, जनतन्त्र र राष्ट्रियताका समस्याहरू समाधान गर्न नसक्नु हो । कांग्रेस, एमाले र तत्कालीन माओवादीको बहुसंख्यक नेताहरुको दलाल तथा नोकरशाही पूँजीपति वर्गमा वर्ग परिवर्तन हुनु र यसका बहुसंख्यक कार्यकर्ताहरु पनि त्यस वर्गको चाकर तथा अनुयायीहरूमा वर्ग परिवर्तन हुनुले २०६३ देखि २०८२ सम्म सरकार र सत्तामा हालिमुहालि चलाएका यी ३ दल तथा त्यसका प्रमुख नेताहरूका विरूद्ध जन आक्रोश विस्फोट हुनु स्वभाविक थियो । भदौ २३ र २४ को जेन जी विद्रोहले अभिव्यक्त गरेको परिवर्तनको आकांक्षा र नेपाली जनताले लामो समय देखि नयाँ अग्रगामी राजनीतिक व्यवस्थाका निम्ति गर्दै आएको पहलकदमीको आधारमा बहुसंख्यक जनताको हित गर्ने जनपक्षीय राजनीतिक व्यवस्था स्थापना गर्नु जनआकांक्षा हो ।
जनताको पक्षमा सुशासन, भ्रष्टाचार नियन्त्रण र तीब्र गतिमा आर्थिक क्रान्ति गर्दै स्वदेशमै लाखौ संख्यामा रोजगारी श्रृजना गर्नु आम नेपाली जनताको मुख्य माग हो । केन्द्रीय संयुक्त संघर्ष समिति जनताको यही का पुरा गर्न नयाँ जनपक्षीय र देशभक्तिपूर्ण राष्ट्रिय सहमतिका लागि हार्दिक अपिल गर्दछ । वर्तमान प्रधानमन्त्री र राष्ट्रपति तथा अमेरिकी साम्राज्यवाद र भारीतय प्रतिक्रियावादी शासक वर्गले नेपालमा जेन जी विद्रोहमा अभिव्यक्त जनताका जायज मागहरूलाई अपहरण गरेर दलाल तथा नोकरशाही पूँजीपति वर्ग र साम्राज्यवादको सेवा गर्ने पुरानै जनविरोधी अर्थ राजनैतिक प्रणाली ९व्यवस्था० लाई फागुन २१ को चुनाव मार्फत नयाँ रूपमा पुनस्थापना गरी आम नेपाली जनतामाथि नयाँ र पुराना दलाल तथा नोकरशाही पूँजीपतिहरूको शासन लाद्ने षडयन्त्र गरिरहेका छन । यस षड्यन्त्रलाई असफल पारिएन भने पुरानै जनविरोधी राजनीति र पुरानै जनविरोधी अर्थनीतिले नयाँ रूप रंगमा नेपाली जनतामाथि शासन गर्नेछ र राष्ट्रियता समेत खतरामा पर्ने हुन सक्दछ । केन्द्रीय संयुक्त संघर्ष समिति र त्यसको समर्थनमा उभिने सबै दल त्यसको घोर भत्र्सना गर्दछौं ।
दलाल तथा नोकरशाही पूँजीपति, ठूला भगौडा पूँजीपति र विदेशी पूँजीपतिहरूको सेवा गर्ने सरकार, सत्ता, राजनैतिक प्रणाली, अर्थनीति र चुनावी प्रणाली सबै यथावत राखेर यथास्थितिमा गरिने चुनावले देश र जनताका शत्रु वर्ग कै सेवा गर्ने प्रष्ट छ । त्यस्तो चुनावमा न त पुराना ञशासक संसदीय दलहरूको पूर्ण पराजय सम्भव छ, न त हौवा फैलाइए जस्तो नयाँ दलाल तथा नोकरशाही पूँजीपति वर्गको दल कै दुई तिहाई बहुमत आउने सम्भावना रहन्छ । संसदीय चुनाव लड्न करोडौं खर्च गर्नुपर्ने चुनावी प्रणालीमा गरिब मजदुर, किसान र मध्यम वर्गले बहुमत जित्न असम्भव छ । जनताको पक्षमा लड्ने र जनताको पक्षमा काम गर्ने पार्टीहरूले दुई तिहाई ल्याएर चुनावी माध्यमबाट जनताको पक्षमा संविधान बनाउने र जनताको सरकार बनाउने भन्ने कुरा असम्भव छ ।
यथास्थितिमा गरिने चुनावले पुराना दलाल तथा नोकरशाही पूँजिपति वर्गका ुश्री ३ु हरू र त्यसको नेतृत्वमा रहेको दलालहरूको ठाउँमा नयाँ अनुहारका दलाल तथा नोकरशाही पूँजीपति वर्गको सरकार त बन्न सक्छ तर आम नेपाली जनताको वास्तविक प्रतिनिधित्व गर्ने सरकार बन्न असम्भव छ । तसर्थकेन्द्रीय संयुक्त संघर्ष समिति यो आव्हान गर्दछ कि देश र जनताको पक्षमा नयाँ अग्रगामी राष्ट्रिय सहमति कायम गरेर जनताको स्वाधीन संयुक्त जनसरकार र जनसंविधान बनाएर मात्रै जनताको वास्तविक प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाको चुनाव हुन सक्दछ । यो नै सही बाटो र सही विकल्प हो । तसर्थ आगामी फागुन २१ को कथित चुनाव खारेज गरी अग्रगामी न्यूनतम राष्ट्रिय सहमति कायम गर्न संवादको थालनीको लागि अपिल गर्दछौं। यदि सरकारले यस आग्रहलाई अस्वीकार गर्दै यथास्थितिमा चुनाव गराउने तिर लाग्छ भने त्यस्तो जनविरोधी यथास्थितिवादी चुनाव बहिष्कार तथा खारेज गर्न सबै जनसमुदायमा आव्हान गर्दछौं ।
हामी जोडदार माग गर्दछौं कि जनताको स्वाधीन संयुक्त जनसरकार गठन र जन संविधान सुनिश्चित गर्ने अग्रगामी राष्ट्रिय सहमति कायम नगरी यथास्थितिमा कुनै पनि निर्वाचन नगरियोस । साथैकेन्द्रीय संघर्ष समिति, त्यसमा आबद्ध दल, त्यस नजिकका जन संगठन र वर्गीय संगठन तथा समस्त उत्पीडित नेपाली जनताले उठाएका मागहरु जस्तैः विदेशमा रहेका ५० औं लाख नेपालीको मताधिकार सुनिश्चित नगरी, मजदुर किसान, अर्ध बेरोजगार र बेरोजगारका समस्या समाधान हुने संवैधानिक व्यवस्था नगरी, मिटरब्याज, सहकारी एवं समग्र वित्तीय क्षेत्रबाट पीडित जनताका समस्या समाधान नगरी, सुकुम्बासी एवं प्रकृति पीडितका समस्या समाधान नगरी, आम जनताका लागि निशुल्क शिक्षा, स्वास्थ्यको व्यवस्था नगरी, ट्याक्सी, बस, ढुवानी मजदुर एवं व्यवसायीका समस्या समाधान नगरी, राष्ट्रिय औद्योगिकरणको नीति तय नगरी, नेपाली सेना, नेपाल प्रहरी र बहिगर्मित जनमुक्ति सेनाका समस्या समाधान नगरी र समग्रमा देशको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धि सुनिश्चित हुने संवैधानिक व्यवस्था नगरी यथास्थितिमा गरिने चुनावलाई बहिष्कार एवं खारेज गर्नकेन्द्रीय संयुक्त संघर्ष समिति आम नेपाली जनतामा हार्दिक अपिल गर्दछ ।
केन्द्रीय संयुक्त संघर्ष समिति
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,
नेकपा (बहुमत),
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल,
नेकपा,
नेकपा (जनपक्ष),
समाजवादी कम्युनिस्ट पार्टी, नेपाल
२०८२ पौष २५