‘नेपाली जेलेन्स्की’ जन्माउने निर्वाचन सशक्त बहिस्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता दिनेश शर्माको उद्घोष

‘नेपाली जेलेन्स्की’ जन्माउने निर्वाचन सशक्त बहिस्कार गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता दिनेश शर्माको उद्घोष

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता दिनेश शर्मा सागरले फागुन २१ को निर्वाचन साम्राज्यवादी डिजाइनमा नेपाली जेलेन्स्की जन्माउन गरिएकोले आफूहरुले बहिस्कार गर्ने उद्घोष गर्नुभयो । बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । फागुन २१ को निर्वाचनबाट नयाँ पुराना दुवै खाले संसदवादी शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गर्नुभयो ।

पार्टीको काठमाडौं जिल्ला समितिले संवाद डबलीमा आयोजाना गरेको पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जिते भने ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत उहाँको दावी थियो ।

पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले जेनजी दान्दोलन जनपक्षीय भएपनि त्यसको बलमा बनेको सरकारले अन्ततः पुरानै दिशातिर फर्काउने निश्चित भएकोले बहिस्कार गर्न बाध्य भएको बताउनु भयो ।

“२०१५ सारलदेखि अहिलेसम्म चुनाव भए अरबौं राष्ट्रिय ढुकुटी सकेर खर्च गरेपनि आखिर उहि विदेशी कठपुतलित निर्वाचित भए, के अब यस किसिमको संसदीय चुनवाको औचित्य समाप्त भएन र भन्या ?” शर्माले उहाँको प्रश्न थियो ।

पुराना राजनीतिक पार्टीसँग जनताले आशा नै मारिसकेको बताउँदै उहाँले भन्नुभयो, “नयाँको पनि गति र मति देख्दा पुरानभन्दा झन् खतरनाख ‘जेलेन्स्की’ तयार हुँदैछन्, यस्तो किसिमका विदेशी कठपुतली बनाउने चुनाब वहिस्कार नगरि के गर्ने ?”

पार्टीका काठमाडौं जिल्ला सचिव केदार खतिवडाले यही व्यवस्थामा हुने निर्वाचनले राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविकाका समस्या समाधान गर्न नसक्ने भएकाले बहिस्कारको विकल्प नरहेको बताए । आगामी संसदीय निर्वाचनले देशलाई अझ गहिरो संकट तर्फ धकेल्ने निश्चित भएको जनाउँदै खतिवडाले भन्नुभयो,“सुशीला कार्कीले नेतृत्व गरेको कठपुतली सरकारले निर्वाचनमार्फत पुराना र नयाँ दलालहरुलाई सत्ताको ठेकेदार बनाउँदै साम्राज्यवादी हैकमलाई मजबुत पार्ने षड्यन्त्र भएकोले यो निर्वाचनलाई हाम्रो पार्टी सशक्त बहिस्कार गर्दछ ।”

पार्टीका केन्द्रीय सदस्य पेशल दाहालले वर्तमान सत्ता जनपक्षीय नभई प्रतिक्रियावादी दलाल संसदीय व्यबस्था भएको आरोप लगाउनु भयो । “यो जनविरोधी व्यवस्था नफालीकन न त राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सक्छौं, न त भ्रष्टाचारको पुर्ण उन्मुलन सम्भव छ, न त सुसाशनको सम्भावना नै” दाहालको भनाइ थियो ।

पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ नं ब्यूरोका सचिव चिन्तामणि पौडेल लगायतका नेताहरुको समेत उपस्थिति रहेको थियो ।