७ मंसीर सिरहा ।
स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्दै सिरहाको गोलबजारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विरोध र भण्डाफोर कार्यक्रम सम्पन्न गरयो । कार्यक्रमका प्रमुख वक्ता पार्टीका स्थाइ समिति सदस्य क. प्रतीकले विरोध कार्यक्रमलाई सम्वोधन गर्दै “भ्रष्टाचारका विरुद्धको संघर्ष हाम्रो पार्टीको एजेण्डा भएकाले पार्टीले गर्न लागेको आगामी आन्दोलनमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो । उहाँले साम्राज्यवाद र विस्तारवाद विरोधी सबै राजनीतिक दल, संगठन, समूह तथा व्यक्ति(व्यक्तित्वहरुको राष्ट्रिय राजनीतिक सम्मेलन, वर्तमान कठपुतली सरकारको विघटन र उक्त सम्मेलनद्वारा गठित स्वाधीन संयुक्त सरकार आजको तत्कालीन राजनीतिक निकास हो भन्नु भयो ।
कार्यक्रमको उदघोषक तथा अर्का वक्ता १३ न ब्युरो इन्चार्ज तथा पार्टी पिविएम क. .रमेश हुनुहुन्थ्यो । उहाँले अमेरिकी साम्राज्यवादद्वारा संचालित आइएनजीओका नाइकेहरुले वास्तविक देशभक्त जेनजीलाई पछाडि धकेलेर कथित जेनजीको नाममा गराइएको विध्वंशका कारण देशले भाद्र २४ गतेको दुःखद परिणाम भोग्नु पर्यो भन्नु भयो ।
































