काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी दिवंगत जानकादेवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव किरण लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदन व्यक्त गर्नुभएको छ ।
प्रेस वक्तव्यमा भनिएको छ, “दाङ जिल्ला घोराही उप महानगर पालिका रतनपुर निवासी जानका देवी पोखरेलको हिजो वैशाख २४ गते दिनको ५ः३० बजे ९९ वर्षको उमेरमा दुःखद निधन भएको छ । उहाँ हाम्रो पार्टीका महासचिव क. मोहन वैद्य ‘किरण’की ममतामयी आमा हुनुहुन्थ्यो ।
उहाँका ७ छोरा, ७ बुहारी, १ छोरी र नाति–नातिनी तथा पनाति–पनातिनीहरु हुनुहुन्छ । उहाँ कम्युनिस्ट आन्दोलन, पार्टी तथा महान् जनयुद्धको समर्थक एवम् सहयोगी हुनुहुन्थ्यो । उहाँको निधनबाट पार्टीले एकजना असल सहयोगी र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी जानका देवी पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. मोहन वैद्य ‘किरण’ लगागत सम्पूर्ण शोकाकूल परिवार, उहाँका साथी संगिनी तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।”