अभियान टोली १ ले मनायो ३५औ जनआन्दोलन दिवस महोत्तरीमा

अभियान टोली १ ले मनायो ३५औ जनआन्दोलन दिवस महोत्तरीमा

चैत्र २४ महोत्तरी ।
अभियान टोली १को चैत्र २४ गतेको कार्यक्रम महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका— ८ टिकौलिया बजारमा ३५औ जनआन्दोलन दिवस मनाउनने काम भयो ।


धनुषाको पार्टी सचिव नन्दकुमार झाले महोत्तरीका पार्टी सचिव उपेन्द्र यादवलाइ महोत्तरीको रतौली भन्ने ठाउँमा अभियान टोलीलाई हस्तान्तरण गर्नु भयो र महोत्तरी जिल्लाको रामगोपालपुर नपा ८ टिकौलिया बजारमा ३५औ जनआन्दोलन दिवस मनाउने काम भयो ।


३५औ जनआन्दोलन दिवस कार्यक्रमको अध्यक्षता १३ नं. ब्यूरो सेक्रेटरी पार्टी पिविएम क. रामनारायण सिंहले गर्नु भयो । कार्यक्रमलाई पार्टी स्थाई समिति सदस्य क. रमसिं श्रीसले प्रमुख बक्ताको रुपमा सम्वोधन गर्नु भयो भने अर्को वक्ता पार्टी पिविएम अशोक लम्शाल हुनुहुन्थ्यो । दुवै बक्ताले चैत्र २४को आन्देलनको ऐतिहासिक महत्ववारे प्रकास पार्नु भएको थियो ।


सहीदप्रति एक मिनट मौनधारणगरी सुरु गरिएको कार्यक्रमको संचालन जिल्ला पार्टी सचिव उपेन्द्र यादवले गर्नु भएको थियो ।
त्यसपछि महोत्तरीको विर्ताचोक हाटबजारमा कोणसभा गरियो, जसलाई पार्टी पिविएम शारदा महतले गर्नु भएको थियो भने संचालन जिल्ला पार्टी सचिव उपेन्द्र यादवले गर्नु भएको थियो ।
दोस्रो कोणसभा रामगोपालपुर नपा ५ को रामगोपालपुरमा भयो । उक्त कोणसभाको संचालन जिल्ला पार्टी सचिव उपेन्द्र यादवले गर्नु भएको थियो भने सम्वोधन १३ नं. ब्यूरो सेक्रेटरी पार्टी पिविएम क. रामनारायण सिंहले गर्नु भयो ।
कार्यmम भएका सबै स्थानमा पर्चा वितरण र भित्तेलेखन गर्ने काम भएका थिए ।