जनसम्बन्ध विस्तार अभियानको टोलीको कैलालीमा सम्पन्न चैत्र ९ गते दिनभरीको कार्यक्रम

जनसम्बन्ध विस्तार अभियानको टोलीको कैलालीमा सम्पन्न चैत्र ९ गते दिनभरीको कार्यक्रम

जितामित्र

चैत्र ९ कैलाली ।
गड्डाचौकी उद्घाटन गरेर आगाडी बडेको जनसम्बन्ध विस्तार अभियानको टोली आज ९ गते विहान धनगढी उपमहानगरपालिका –१७ डुमौलियामा कमरेड बिन्तीराम चौधरीको घरबाट चिया खाएर हिड्यो र कैलाली को गौरीगंगा नगरपालिका –३ को कुचैनी बजारमा कोणसभा गर्यो ।

उक्त कोणसभामा अभियान टोली सदस्य तथा पार्टीका केन्द्रिय सदस्य कमरेड दिपक बिष्टले मन्तब्य राख्नु भएको थियो । उहाँले जनसम्बन्ध विस्तार अभियानको उद्श्यको बारेमा बोल्नु भयो र “संसदवादी दलहरू सत्ता स्वार्थ मिल्दा घाटी जोडेर बस्ने र स्वार्थ न मिल्दा तथानाम गर्ने प्रबृति सर्वसत्तावादी प्रबृति हो“ भन्नुभयो र “ हामीले यसप्रकारका प्रबृतिको भण्डाफोर गर्दै नेपाली जनतालाई सचेत बनाउने बिषयमा ध्यान दिनुपर्छ“ भन्नु भयो ।


कैलाली जिल्लाको गौरीगंगा नगरपालिका –६ बनबेहडा बजारमा कोणसभा सम्पन्न भएको छ। उक्त कोणसभामा लाई अभियान टोली सदस्य तथा केन्द्रीय सदस्य दिलबहादुर कठायतले सम्बोधन गर्नु भएको थियो । जनसम्बन्ध विस्तार अभियानको क्रममा हामी हरेक गाँउ वस्ति र बजारका चोक चोकमा पुगेर जनतालाई जागरुक गराउने र नेपाली क्रान्तिको कार्यभार पुरा गर्ने छौ भन्नु भयो ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वार्ड नं –६ को मोयामा जनसम्बन्ध विस्तार अभियान टोलीले श्रमदानमा सहभागी भयो। टोलीले मोया बस्ने पटुवारी रानाको खेतमा पाकेको मसुरो निकाल्ने काम गरेको थियो। जनश्रमदान पछि कमरेड हरीनारायण राना को घारमा खाना खायो ।
खाना पछि कैलाली जिल्लाको गोदावरी नगरपालिका –८ को स्याउले बजारमा कोणसभा सम्पन्न भएको छ।

कोणसभालाई अभियान टोली सदस्य तथा बैकल्पिक पिबिएम कमरेड जितामित्र सुनार ले सम्वोधन गर्नुभएको थियो। ज्ञानेन्द्र शाहले भारतको हिन्दू फासिस्ट आर एसएसको उक्साहट , नरेन्द्र मोदीको ग्रान्ड डिजाइनमा र प्रतिगमनकारी तत्वको उक्साहटमा पुनः राजा बन्ने दुष्प्रयास गरे भने फ्रान्सका लुई सोह्रौ राजालाई २१ जनवरी १७९३ मा जनताले अन्ततः गिलेटिनबाट मृत्युदण्ड दिएको ईतिहास नेपालमा पुनरावृत्ति हुने हेक्का ज्ञानेन्द्र शाहले बुझ्नुपर्ने हुन्छ भन्नु भएको थियो। कोणसभाको सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो ।


गोदावरी नगरपालिका – ७ लालपुर टेकुलामा सभा सम्पन भएको छ। उक्त सभालाई प्रमुख वक्ताका रुपमा स्थाई समिति सदस्य कमरेड कृष्ण पौडेलले सम्बोधन गर्नु भएको थियो। सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको थियो क्रान्तिकारीहरु को मुख्य दायित्व नेपाल को कम्युनिस्ट आन्दोलनलाई विभिन्न भड्काव र दक्षिणपन्थी संशोधनवादी धारा बाट बचाउँदै सही क्रान्तिकारी कम्युनिष्ट पार्टीको निर्माण गर्नु हो र यस्को लागी सम्पुर्ण क्रान्तिकारी शक्तिहरू एकता एकताबद्ध हुनु आजको आवश्यकता हो भन्नु भयो । २ नम्बर ब्यूरो सचिव रामबहादुर के सी ( डायमण्ड ) ले जनसम्बन्ध विस्तार अभियानको उद्श्यका बारेमा बोल्नु भएको थियो। पार्टीका पिबिएम कमरेड सिपि शर्माले पनि उक्त सभालाई सम्बोधन गर्दै भन्नु भयो, ज्ञानेन्द्र संग देश वनाउने योजना के छ? राजाको वंशनास हुदा अहिलेका राजाबादीहरु कहाँ थियौ ? भनेर सोध्नु पर्ने बताउदै कामरेड विप्लव पनि संसदवादीमा पतन हुदैछन् र उन्को मिसन ०८४ मा संशोधनवादमा पतन हुदै छ भन्नु भयो। सभालाई पिबिएम कमरेड अम्विका मुडभरीले पनि सम्बोधन गर्नु भएको थियो भने अभियान टोली सदस्य कमरेड नारायण योगीले मन्तब्य सहित सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रममा को सञ्चालन कैलाली जिल्ला सचिव रुद्र कडेलले गर्नु भएको थियो।


गोदावरी नगरपालिका अत्तरिया बजारमा पनि अभियान टोलीले पर्चा बितरण गर्नुका साथै महेन्द्रनगर रोडको पिपलबोटमा कोणसभा सम्पन्न गरेको छ। उक्त कोणसभालाई पार्टीका पिबिएम तथा अभियान टोली सदस्य सीपी शर्माले सम्बोधन गर्नुभएको थियो। भने सञ्चालन कामरेड रुद्र कडेलले गर्नुभएको थियो । अभियान टोली साँझ लालपुर टेकुलामा खाना खाएर किसानहरुको घरमा विकेन्द्रित भएर वास वसेको छ ।