उदयपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १४ नंं ब्यूरो अन्तर्गतका ओखलढुंगा र उदयपुरमा पनि जनसम्बन्ध विस्तार अभियानको उद्घाटन गरेको छ । ब्यूरो सचिव गगनले दिएको जानकारी अनुसार ओखलढुंगाको मोलुङ गापाको रामपुर बजारमा अभियानको उद्घाटन गरिएको हो ।
ओखलढुंगा इन्चार्ज पर्वतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा व्यूरो सचिव गगन लगायतले समसामियक राजनीतिक विषय र अभियानको आवश्यकता र महत्वको विषयमा प्रकाश पार्नुभएको थियो ।
त्यसैगरी उदयपुर गाइघाटको पिपलबोट चोकमा भएको अभियान उद्घाटन कार्यक्रमलाई जिल्ला इन्चार्ज पत्थर, नेताहरु अमर परियार लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन लिलबहादुर विकले गर्नुभएको थियो ।