जनसम्बन्ध विस्तार अभियान सफल बनाउने क्राकपा नेपालको निर्णय

जनसम्बन्ध विस्तार अभियान सफल बनाउने क्राकपा नेपालको निर्णय

स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन बारे ब्यापक छलफल

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले जनसम्बन्ध विस्तार अभियान सफल बनाउने भएको छ ।
पार्टी जिल्ला सचिवालय समितिको विहीवार सम्पन्न बैठकले केन्द्रीय योजना अनुसार तय गरिएको जनसम्बन्ध विस्तार अभियानलाई जिल्लाको सापेक्षतामा सफल बनाउने निर्णय लिएको केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत्र ४ गते देखि बैशाख १८ गते सम्म पार्टीका स्थायी समिति सदस्यहरुको नेतृत्वमा जनसम्बन्ध विस्तार अभियान संचालन हुदैछ ।
त्यस्तै सचिवालयमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन बारे समेत ब्यापक छलफल भएको पार्टीले जनाएको छ । नवलपरासीमा क्राकपाको ६ सदस्सीय जिल्ला सचिवालय रहेको छ ।